• Sanu Raj Dangol

    • ११ चैत्र २०७७, बुधबार ०९:३५

    टाेखा बिस्का: जात्रा र भाइलाल डंगोलका कथाब्यथा:-

    फिचर
    – सानुराज डंगोल

    ईन्द्र चोके खरी मिवनां,
    झुल्पी मरी पाहां याना हल
    दाँ कने कावा धाल,

    असं त्वाले आलु न्यावनां
    स्यगुं आलु लात रे
    काचाकाचां पयन वना
    बुढाम्ह भात लात रे!

    तताजु सतवना
    कनि कौला याका हल
    वया मां मछामजु न्हां।

     

    ( ईन्द्र चोकमा कपडा बेच्न गाको ,जेरि सत्कार गरि ख्वाएर पठायो, पैसा भोलि लिन आउ भन्यो।)

    उनी यो नेपाल भाषाको गित अहिले पनि गुनगुनाइ रहन्छन्। यो गित कस्ने रचना गरेको हो उहाँलाई पनि ठ्याक्कै थाहा छैन ।

    उहाँ अर्थात टाेखाको गौरव गर्न लायक नेपाल भाषा , कला , संस्कृति र साहित्यलाई जिवन्त बनाउन आफ्नो जीवनकालमा आफुले जिम्मेवारी बाेध गरि ऐतिहासिक संस्कृतिले भरिपुर्ण सम्पदा भएको टाेखालाई चिनाउन पुर्खाले सिर्जना गरेको मौलिक विभिन्न चाडपर्वहरुको साथै तोखा बिस्का: नख:( टाेखा बिस्का:जात्रा) लाई चिनाउन आफ्नो इन्द्रायणी दाफा खल:मा प्रत्यक्ष सहभागी जनाएर बाँसुरी बाद्यक भै योगदान दिन सफल भएका ब्यक्ति हुन् भाइ लाल डंगोल ।

    उनी आफ्नो एक समयमा बाँसुरी बजाउनमा निपुण थिए।टाेखा बिस्का: जात्रामा उनले पिगंद्य: क्वाथ: गणेश , मु: गणेश ,सपनतिर्थ चण्डेश्वरी सरस्वती , महादेव रथसंगसंगै गएर धेरै वर्ष सांस्कृतिक बाजागाजामा बजाइरहे।टाेखा बिस्का: जात्रा लगायत अरु चाडपर्वहरुमा बाँसुरी बजाउदै जादा , आइमाई केटाकेटीहरु मन्त्रमुघ्द भै रमाइलो मानेर हेरिरहेका हुन्थे रे!
    जात्रामा हेर्न आउने दर्शकहरु कतिले त भाइ लाल दाइले बाँसुरी नै फुट्ने गरि बजायो भन्थे।”- तर त्यसरी बाँसुरी नै फुट्ने गरि चाहिँ कहिले बजाएन ।”

    सांस्कृतिक परम्परालाई निरन्तरता दिन टाेखामा उहिल्यै देखि दाफाखल: र भजन खल: हरु सक्रिय भएको अवस्था थियो त्यो बेला । थने लाछी (माथिल्लो लाछी ) का जोरभिमसेन दाफा खल: ,यलाग दाफा खल: र क्वने लाछी ( तल्लो लाछी)मा सबली दाफा खल:/ अहिलेको इन्द्रायणी दाफा खल: एकैसमुह निक्कै महत्वको मानिन्थे।यो खलमा थकाली जलगायं र अर्को खलगायं सहित १५ जना सदस्यले साउन महिना देखि भजन शुरु चतुर्मास भजन( चार महिना भजन) गरि नारायण मेला बुढानिलकण्ठ मेला दिन सम्म बेलुका खाना खाइ दाफा भजन गाउने व्यवस्था मिलाएको पाटीमा बसि खिं, झ्याली, बाँसुरी, ढाेलक र पश्चिमा बजाउने गर्दथे र विभिन्न देवि देवतासंग सम्बन्धित थ्या सफु:(भजन गित)गाइन्छ ।गाइजात्राको पुर्णिामा देखि आफ्नो खलले लाखे नचाउन लाने गरेको स्मरण गराए। त्यो चलन अझैसम्म छ्दैछ। कालान्तरमा इन्द्रायणी र सबली छुट्टाछुट्टै बन्यो।

    बुबा भाजुमान डंगोल र आमा न्हुछेमाया डंगोलको कोखबाट जेठो छोराको रूपमा बि.सं १९९२ योमरी पुन्हीमा टाेखामा जन्मिएको थियोे भाइ लाल डंगोल । उनी जन्मिएको १५ वर्ष पछि कान्छो भाइ भिन्देव डंगोल जन्मिए ।

    बाल्यकाल

    भाइलालका धेरै बाहिर नसुनिएका कथाहरु नसुनेकाले उनको वाकपटुताबारे म अनभिज्ञ थिंए । रसिक र गम्भीर दुवै पाटोमा उनी बिस्तारै बोल्छन्  । म सितको कुराकानी चाहिँ बाल्यकालको स्मृतिबाट सुरु भयो ।
    भाइ लाल डंगोलले बाल्यकालमा आफ्ना बुबाको टन्नै खेतबारी थियोे रे । खेतबारी खनजाेत गर्नको लागि एक हल गोरु र गाइ एउटा पालेका थियोे। हताकत्ता चतुर स्वभावका भाइ लाल डंगोलका धेरै साथीहरू थिए रे! गाई र गोरु चराउन उनी साथीहरूसंग आफ्ना घर भन्दा अलि पर खासिंद्व जान्थे। जब गाइवस्तु मजाले घाँस खान थाल्छन् तब दौँतरीहरुसंग कहिले सुलाकासा (लुकामारी ), ध्वाखा कासा( ढोका बनाएर खेल्ने), लाें दायाँ खौ दाया ,घ्वाइँ कासा, खेल्ने गर्थे भने कहिले न्याल्ल …ब्याँ ( माछा माछा ….भ्यागुतो ), कथी कासा ,(लठ्ठीको खेल) ,सुल्ल फ्याच्च ( चिप्लेती) खुबै खेलिन्थ्यो रे! फागुन महिना थियोे रे त्यो एक दिन सधैको जसो दौँतरीहरुसंग त्यही गाइवस्तु गोठालो चढ्न जादा आज चै कुनै पनि खेल नखेल्ने निधो गरे रे! किन कि खासिंद्वको झाँगलमा आफू भन्दा अलि बढी उमेरका युवायुवती पहिलै त्यहाँ पुगि खुब अंगालोमा बेरेर मायाप्रेम दर्शाइरहेका थिए रे त्यसपछि छ सात जना दौँतरीहरु मिलि लुकिछिपि हेर्ने रे कोहि रुख चढेर हेर्ने क्रम सुरु भएपछि कति बेला गाइवस्तुहरु सबै तल खिम्द्व:(झुडाेल)मा अर्काको लहलाउदो गहुँ बारीमा गाइवस्तुले सखाप बनाएको पत्तै पाएन रे पछि खेत धनी घर आएर कराउदा बुबाले कान समातेको र १५ दिन सम्म गोठालो जान बन्द भए पछि साथीहरु पनि भेत्न नपाएको कथा सुनाउदै गर्दा भाइ लाल बा पनि एक छिन आँसु खस्ने गरि हासिन्।

    शिक्षा र संगीत

    त्यतीबेला भाइ लाल डंगोलले अहिलेको जस्तो बिद्यालय जान पाएन रे । किनकी त्यति बेला टाेखामा बिद्यालय नै थिएनन् रे । उनले टाेखाकै हेरामान बाजेले कखरा पढाए पछि सामान्य साक्षरता भएपनी पढ्न पाएका थिए।
    र त्यसैले गर्दा सामान्य लेखपढ् गर्न र दाफा भजनको देवनागरीमा लेखिएको थ्या सफु:(भजन किताब )का गितहरु पढेर गित गाउन सक्छन् र आफू २५ वर्षको हुँदा मात्रै टाेखामा २०१७ मा सरस्वती प्रा.बि आएको उहाँले बेलिविस्तार सुनाए ।भाइ लालले आफू २० वर्षको हुँदा बि.सं.२०१२ साल टाेखामा दाफा भजन खल:को बाँसुरी सिक्ने मौका पाएका थिए । बाँसुरी सिकाउने गुरुहरु धसुन्द्व डंगोल ,लाल बाजे डंगोल , शंकर डंगोल र मालामी श्रेष्ठ थिए।

    बाँसुरी बजाउनु भन्दा अघि गित कण्ठ पार्नु पर्थ्यो ।अहिलेको जस्तो सारेगम को चलन थिएन । गित कण्ठ गरे पछि अनि बल्ल बाँसुरी बजाउन प्वालमा औंला राख्ने गर्थे त्यो पनि बाँस वा कुनै लठ्ठीमा खुबै लगातार प्रशिक्षण लिएपछी बल्ल बाँसुरी छुन पाउथ्यो। अनि गितले टाेलै संगीतमय हुन्थ्यो रे! गुरु नात्येस्वरीको गित यस्तो हुन्छ।

    जय हरि लोके मछिन्दर नाथ ।
    शरण झिकेसं वल रे
    शरण झिकेसं वल मखुल
    मरण झिकेसं वल रे ।

    साथीहरूको समुह टेज बहादुर डंगोल , साइला डंगोल (संयचा) , बरे र भिम्बै काले डंगोल गरि चार जना मध्य भाइ लाल डंगोल बाँसुरी बजाउन सिपालु भएर निस्केका थिए ।

    गुरु नाथेस्वरी नित्ये नित्ये भजनले गाइ
    आफै गावे आफै बजावे
    आफै नाचले गाइ
    गुरु नाथेस्वरी नित्ये नित्ये भजनले गाइ ।

    उहाँको शब्दमा टाेखा एउता सांस्कृतिक सहर मात्रै होइन रे यो त एउटा कलाकारहरु जन्मने सिङ्गो सहर पनि हो रे। हुन पनि हो यहाँ वर्षको बार्है महिना गाउने गितहरु छन् । आफ्नै ऋतुसंगै परिवर्तन भैरहने नेपालभाषाका लोक गितहरु , हृदयविदारक गितहरु भाकाहरु छन् र गित सर्जकहरु छन् ।

    पाहां चर्हेमा बजाउने घातुको एउटा यस्तो गित जस्लाइ मानसिक दु:ख भएपनी बिछोड र विरहका गित मानिन्छ।
    गन झाये त्यना भाजु
    कला : सतावने त्यना रे
    छिमी कला: मेम्ह तियावन रे दैव
    हरे राम हं दैव नारायण ।

    भाइ लालले आफ्नो खल:मा घाेडा बाँसुरी मात्रै बजाए जस्मा अरु कोहि माझा बाँसुरी संगै तिप्चा बजाउने थपिदै गए रे।समुहमा नवरंगी डंगोलले खिं बाजा र नरचा डंगोलले ढाेलक र मुल नाइके भाइलाल श्रेष्ठ कोखिं र पश्चिमा बजाएर साथ दिन्थे। घाेडा बाँसुरी र माझा बाँसुरीमा त्यतिबेला चाँदीको सिंख्वा राखिएको हुन्थ्यो। चाँदीको सिंख्वा राखिएको बाँसुरी बजाउदै पाहां चर्हे बिस्का: जात्रामा बजाउदै जादा जात्रा हेर्ने आएका आगन्तुकहरु रमाइलो मानेर एकटकले हेरिरहेका हुन्थे।
    उनलाई रमाइलो लागेको गित वर्षा ऋतुको सिन्हाज्या लोक गित पनि खुबै मन पर्छ।

    भिमसेनं पुवा पुइ
    अर्जुनं कुज्या याइ
    लक्षिमी सरस्वती वापिसे हल न्हां।
    जय जय प्रभु लक्षिमी सरस्वती वापिसे हल न्हां।

    नेपाल मण्डलमा नेवा: हरु सिलुतिर्थ ( गोसाइँकुण्ड ) स्नान गर्न जाने परापुर्व काल देखि चलिआएको परम्परा पनि हाम्रो सामु छ्दैछ । जहाँ लोग्ने स्वास्नी संगै जान हुँदैन भन्ने जनविस्वास छ।वर्षा ऋतुको गुन्हुपुन्ही सिलुतिर्थ / गोसाइँकुण्ड स्नानको सिलुको गित गाउने चलन छ।यो गितमा सिलु तिर्थ गोसाइँकुण्ड लोग्ने स्वास्नी संगै जादा बिछोड भएको सत्य कथा यो गितमा पाइन्छ।

    हाय हाय प्रभु स्वामी छि गन झाया
    छन्त धन्दा छाय मिसा ज्याखँ याना चोना।
    छिव जीव चोना प्रभु सल्हासाहुती मदु।
    गन झाया चोना प्रभु गन वना दिया।
    सिलुतिर्थ मोल ल्हुय अति पुन्य लाइ।
    सिलुतिर्थ वनेयात पासा माला वना।
    पासा मालेमते प्रभु छि व जीव वने।
    निम्हतेपु सिलु वने अति पुन्यलाइ

    हृदयविदारक गितहरु भाकाहरुका कथा अनुसार फरकफरक हुने गरेको छ भाइ लाल डंगोलले आफूले धेरै गाउने र बासुरी को गित मध्य ‘कचिमचा’ सितलमाजुको गित पनि धेरै बजाए ।

    सितला माजु स्व हुने परजाया गथिन हवाल
    न्यनामदु खनामदु कचिमचा तयमदु
    महाराजाया हुकुम जुल।
    नायखिन वाहान थायेका सिपाहीनं घेरे याका
    कचिमचा पितिनाव छ्वत।
    नसाबजी ब्यकुंच्यासे कचिमचा लुकुंछिसे
    वनेमाल तामाखुसी पारी
    छम्ह मचा लुकुंछिसे, छम्ह मचा ब्यकुंच्यासे
    छ्म्ह मचा लुतुलुसे वने।
    सितला माजु स्व हुने परजाया गथिन हवाल

    भाइ लालले सिन्हाज्या बर्षा ऋतका लोक गित (मोहनी नख: व स्वन्ती नख:) दसैं र तिहारको मालसिरी गित वसन्त ऋतुमा गाइने फागु होलि र ससुपुजा श्री पन्चमीका गितहरु पनि सुनाए।
    फागु होलि गित:-
    होलिया मेला तंचाया ला लासे
    अबिर छंगु ख्वा हिसि दयका बि।
    झ्यालेच्वगु तुकंमा वहे ल्यासे जितमा
    वहे ल्यासे मरेकं जा हे मनया।

    वसन्त ऋतुको ससुपुजा श्री पन्चमीको गित
    वाउगु सिमाय चोस म्हासुम्हं झंगचा बासुरी पुयाथे हाल रे।
    हानं छक हावारे झंगचा जीन ङेनाव च्वोने।

    भाइ लाललाई मनपर्ने सदाबहार प्रेमले भरिएको गित पनि उत्तिकै मन पर्छ।जुन गित के नेवा: के खस सबैले गुनगुनाउछ्न।जुन गितमै सौर्न्दर्यताको बखान गर्नुको साथै गितले आफै कथा बोलेको हुन्छ।
    राजमती कुमती जिके वसा पिरती
    हाय बाबा राजमतिचा
    राजमतिचा मबिल धा:सा, काशी वनेत्यल बुबा
    हयाब्यु राजमतिचा।

    कुनैकुनै गित यस्तो पनि हुन्थ्यो ।
    झ्याले च्वना ख्वयेमते मल्जु पाजु कोठाय् दु
    ल्हा ज्वना सालेमते पाजु, मल्जुया प्वाथे दु।

    भाइलालले लोक गित मानव सभ्यताको बिकास क्रम संगसंगै आएको मानव हृदयबाट उत्पन्न संगीत मय ध्वनि मान्छन। यस्का सर्जकहरु खोतल्न कठिनाई हुन्छ र समय संगै गित पनि नयाँ भाका लय मिलाउदै पुस्ता हस्तान्तरण संगै नदि जस्तै बग्दै जान्छन्।

    स्वाँ फो तया कयता छपु
    छन्त बिये जुल ज्यापू
    छ ज्यापू अतिकन ययापु।
    वोपु थोपु जिनं मसिया रे पु
    छ ज्यापू अतिकन ययापु।

    गाचाेतं ग्वाली पु, पतासीनं पाली पु
    छुनावोगु चम्पा स्वाँनं ख्वाले बापा पु
    वोपु थोपु जिनं मसिया रे पु

    वा पीतं छपिचा, ज्यामी वल भुतुचा
    भुतु मिसां बजि नल पिचां स्वपिचा
    वोपु थोपु जिनं मसिया रे पु ।।

     

    बिबाह र छोराछोरी

    घरमा खेतीपाती गर्नुपर्ने धेरै खेतीपातीमा तल्लीन थिए र त्यसैबाट परिवारको गर्जो टर्थ्याे। अलि अलि हातमा सिकर्मिको सीप पनि छदै थियो ।त्यतिबेला व्यवसायीक खेतीपाती नभए पनि त्यही चलन चल्तीको काेडाे, मकै , फापर गहुँ अलि अलि धान उत्पादन हुन्थ्यो। उमेर २२ वर्षको भएको थियोे , खेतीपातीको साथ साथै सिकर्मी (काष्ठकला) काममा पनि उनी निपुण थिए । काम गर्दा गर्दै बिहेको कुरो चल्यो। केटी पहिलै मनपरेको थियोे भन्न मात्रै नसकेको रहेछ। किनभने भजन खल:मा बिस्का: नख: इन्द्रजात्रा , मोहनी नख:( दसैं )होलिमा बाँसुरी बजाउन जादा उनी मनपर्ने केटी उनै राममायाले पनि खुबै हेरिरहेकी हुन्थे आँखा हेराहेर हुन्थ्यो रे। केटी पनि मेहनती हाते तानमा कपड़ा बुन्न पनि धेरै सिपालु भएकी उनि राममाया डंगोलसंग दुईतिरका परिवार राजी भएपछि बिहे पनि भयो। बिबाह पछि भाइ लाल डंगोलका ५ छोरा र ३ छोरी भए। भने तिन्नै छोराछोरीहरुको बिहे भएर पनि नाति र पनातीनिहरु समेत भैसकेको छ। छोराछोरी नातिनातिनीहरुको पनि आ-आफ्नै पेसाकर्म र ब्यापार व्यवसायमा लागेका छन् ।

    भाइलालले आफ्ना जिवनमा एउटा किस्सा पनि सुनाय बिबाह गरेको तेस्रो वर्ष हुनुपर्छ सायद श्री ३ चन्द्र शमसेर राणाको छोरा अग्नि शमसेर राणाको दरवारमा काष्ठकला सिकर्मिको काम गर्न जादा लाजिम्पाटको दरवार पुगेका थिए। त्यहाँ अग्नि शमसेर राणाकि महारानी कान्छी नानी साहेवले भाइलाललाई भारतको देहरादुनमा घुम्न जाने प्रस्ताव समेत राखेका थिए ।
    घरमा आफ्नी जीवन सङिनी राम मायाले घरकै हाते तानमा बुनेका चारखण्डी दौरा सुरवाल लागाए पछि भाइलाल हृष्तपुष्ट फूर्तिलो आकर्षक जिउडाल देखिएको भएर पनि होला कान्छी नानी साहेवले प्रेम प्रस्ताव राखेको हुनुपर्छ। सोझो इमानदार भाइलाल घरमा घरगृहस्थी सम्हालेका खेतीपाती हेर्नुपर्ने , जात्रा चाडपर्व हेर्नुपर्ने बहाना बनाएर पछि दरवारमा काम गर्न जानै छाेड्दिए।

    टाेखाको पौराणिक धरोहर टाेखाको प्रसिद्ध नाथेश्वरी मन्दिर जिर्णाेद्वारका क्रममा उक्त मन्दिरलाई परंरागत छानो छाउने (एपा) झिंगटी राख्ने बेला काष्ठकलामा निपुण सिकर्मी भएको नाताले भाइलाल डंगोललाई पनि नाथेश्वरी मन्दिर निर्माण समितिले उहाँलाई उपस्थिति गराइ राय सल्लाह लिनुभएको थियो ।

    भाइ लालले सांस्कृतिक परम्परालाई निरन्तरता दिन आफुलाइ जसरी आफ्ना गुरुहरुले सिकाए उनले पनि जस्ताको त्यस्तै बाजागाजालाई पछिल्लो पुस्तालाई हस्तान्तरण गर्न उनले पनि आफै बासुरी प्रशिक्षक गुरु बनेर टाेखामा बि.सं.२०२५ सालमा १२ जना प्रशिक्षार्थीलाई प्रशिक्षण दिएका थिए । अहिलेसम्म टाेखा बिस्का: जात्रामा आफ्नो खल:मा तेस्रो र चौथो पुस्ता तयार भएर पनि टाेखाको मौलिक संस्कृति झल्काइरहेका परम्परा जोगाइ रहेका थुप्रै छन् ।

    दु:खको सागर

    जेठो छोरा २०६४ सालमा बिटेका बेला उनी धेरै भावबिह्वल भएर रोएका थिए । नाति नातिनी कसरी पाल्ने भन्ने पिर तर जेठि आटिली बुहारिले छोराछोरीलाई आमाले बुबाको अभाव महसुस हुन दिएन र तर पनि माइला छोरा ,काइला साइला र कान्छा छोरा सम्मको साथ र सहयोगले परिवारमा दुःखको अनुभुति हुन दिएन। जेठो छोरा बिटेको ६ वर्ष नपुग्दै उनलाई दमका रोगी आफ्नी जीवन सङिनीले पनि यो संसारबाट सदाका लागि छाेडेर हिडिन् । यसो भनिरहदा उनले अाँखाबाट आँसु थाम्न सकेन बस झरिरह्यो उनको धमिलो आँसु बुढ्याैली भएर होला सायद अब आँसु पनि न सुक्दै पो होकि मैले नजिकबाट अनुभव गरे। फेरि एक वर्ष अघि दु:खले हुर्काएकी बिबाह भएर गैसकेकी एउटी छोरी पनि क्यान्सर रोगले बिटे।उनको जिवनमा ठुलै बज्रपात परिरह्यो लागातार ।

    काईला र कान्छा छोरा बुहारीहरुको सरण रेखदेख र स्याहार सुसारमा बसिरहेका भाइलाललाई आफूलाई पनि कति पटक मृत्युको नजिकै पुगेर पनि बाँचें थाहै भएन उनलेे आँखामा हात राख्दै भने , मर्नलाई काल लिन आउदैन । उनको जिवन ‘हाले मज्युगु म्ये , कने मज्युगु बाखँ: ‘- गाउन नहुने गित र भन्न नहुने कथा जस्तै बनेर उभिएको ८६ वर्षको बुढ्याैली शरीरमा बाचिरहेको एउटा जीउँदाे ईतिहासको प्रतिनिधि पात्र हुन् । जो संग जिन्दगीका भोगाइका गितहरु , कथा ब्यथाहरु अनेकौ छन्।

    भाइलाल डंगोललाई सहस्र चन्द्र दर्शन पूरा भएपछि छोराहरूले ८४ वर्ष , ४ महिना, ४ दिन ४ घडी र ४ पला पुर्ण भएको उपलक्ष्यमा  सगुन आदि दिएर आचाजुको बिधिबिधान अनुसार कानमा सुनका आभुषण सहित सरकारी घाेडाको रथमा राखेर अश्वररथारोहन (बुरा जंकाे) गरि ऐतिहासिक टाेखा नगर परिक्रमा गरि सम्पुर्ण आफ्न्त इस्तमित्रहरुलाई भोज खुवाइ बुरा जंकाे) अश्वररथारोहन सम्पन्न गरेको थियो  ।

    उमेरले ८६ नाघिसकेका टाेखाका पुराना बाँसुरी बाद्यक भाइ लाल डंगोल अहिले शारीरिक रुपमा निर्वल हुँदै गैइरहेका छन् त्यै भएर होला उहाँ लठ्ठीकै सहारामा हिंड्दुल गर्छन्। लठ्ठी बिना उठ्न सक्दैनन् । मानसिक रुपले पनि कम्जोर उनि कुराकानी गर्दा स्मरण शक्तिले पनि उनको साथ छाेड्दै गइरहेको भान पर्छ। बिहान ५:०० नबज्दै तातो सिरक पन्छाएर उठ्छन्। नित्यकर्म सकेर घर अगाडिको आगन वरिपरि घुम्न पुग्छन भने कहिले घरकै तल बिष्णुमति खोला छेउसम्म निस्किन्छन्।

    भाइ लाल डंगोलले टाेखाको मौलिक संस्कृति जोगाउन जुन उहाँले योगदान दिनुभयो। त्यो महत्त्वपूर्ण उपलब्धि हो। चाहे त्यो सम्पत्ति , ज्ञान, सीप, सिर्जनशीलता , प्रविधि वा परिश्रम नै दिन किन नहोस्। पौरखको आदर्श वा नमुना ब्यक्ति भएर प्रेरणाको स्रोत बन्नु पनि दिनु नै हो।तिनको सधै हामीले सम्मान गर्न सिक्नुपर्छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै