• TOKHA LIVE

    • १३ फाल्गुन २०७७, बिहीबार ०९:५४

    बुढानिलकण्ठमा संसद पुर्नस्थापनाको निर्णयलाई स्वागत गर्दै दिप प्रज्वलन:-

    टाेखालाइभ डट कम , फागुन १३

    सर्बोच्च अदालतद्वारा प्रतिनिधि सभा पुन:स्थापनाको आदेश भएको र संविधानको रक्षाको पक्षमा निर्णय भएको सोहि कदमको स्वागत गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बूढानीलकण्ठमा हिजो बू.न.पा गेट को बसपार्कमा द्विप प्रज्वलन गरेका छन्।

    फाल्गुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम असंवैधानिक ठहर्याउँदै सर्बोच्चबाट असबैधानिक कदम हो भनी संयुक्त इजलासले उक्त निणय लाई बदर गरे संगै विभिन्न पार्टीहरुद्वारा खुशियाली स्वरुप विभिन्न कार्यक्रमको आयोजना गरेका थिए ।

     

    देशभरका विभिन्न राजनैतिक दल, नेता, कार्यकर्ता न्याय प्रेमी तथा राजनितिक पार्टीका व्यक्तिहरुले द्वीप प्रज्वलन तथा अन्य गतिविधिहरु आयोजना गर्दै खुशियाली तथा शुभकामना आदानप्रदान गरेका छन्।

    न्यायालय प्रति पहिला देखि भरोसा थियोे र नेपाली जनताले त्यो गरिएको भरोसा स्वरुप न्यायलय बाट जनताको पक्षमा सरकारको असंवैधानिक कदम भनी संविधानलाई आधार मान्दै सच्याइएको जनाउँदै दिप प्रज्ज्वलन कार्यक्रम आयोजना गरिएको आयोजकले जानकारी गराएको हो।

    उक्त दिप प्रज्वलन कार्यक्रममा संविधान सभा सदस्य बागमती प्रदेस पार्टी सदस्य एवम् ने.क.पा क्षेत्र नम्बर ५ का सघर्ष समितीका सयोजक शान्ति अधिकारी, सह-सयोजक धर्म डंगोल,काठमाडौ क्षेत्र न ५ (ख) सयोजक अष्ट नारायण डंगोल ,युवा मोर्चा का सयोजक मनोज कुमार श्रेष्ठ, युवा नेता दिपु बस्नेत , पार्टी जिल्ला कमिटी सचिवालय सदस्य एव वडा अध्यक्ष बालकृष्ण श्रेष्ठ , पार्टी नगर कमिटीका अध्यक्ष रबिन अधिकारी, वडा सदस्यहरु, विभिन्न कार्यकर्ता लगायत स्थानियहरुको बाक्लो उपस्थिति रहेको थियो।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै