• TOKHA LIVE

    • १० फाल्गुन २०७७, सोमबार १३:३६

    बुढानिलकण्ठ नगरपालिकामा बजार अनुगमन तिव्र:-

    टाेखालाइभ डट कम, फागुन १०

    बुढानिलकण्ठ नगरपालिकामा बजार अनुगमन तिव्र बनाएको छ। बुढानिलकण्ठ नगरपालिका भित्र रहेका कतिपय ठुला करदाताहरु कर तिर्न उदासिन बनेर बेवास्था गरेपछि बुढानिलकण्ठ नगरपालिकाले बजार अनुगमनलाई तिव्र बनाएको छ।

    बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख तथा अनुगमन समितिकी संयोजक रमा राईको नेतृत्वमा रहेको नगरपालिकाको टोलीले आज आइतवार वडा नं ९ का मार्ट ,बालुवा डिपो ,पसल लगायतका स्थानहरुमा आकस्मिक स्थलगत अनुगमन समेत गरेको जनाएको छ।

    बुढानिलकण्ठ नगरपालिकाको आन्तरिक आय वृद्धि , उपभोक्ताको हित तथा कालोबजारी नियन्त्रणका लागि नगरपालिकाका १३ वटै वडाहरुमा बजार अनुगमन गरिएको बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख रमा राईले बताएकी छन।

    नगरपालिका भित्र संचालन भएर पनि दर्ता नगरिएका, दर्ता भएर पनि राजस्व नतिरेका र तोकिएको मुल्य भन्दा बढी शुल्क लिने ब्यापारी तथा व्यवसायहरुमा गरिएको अनुगमनमा वडा नं १२ का अध्यक्ष तथा सुशासन समितिका संयोजक शम्भु भट्टराई ,वडा नं ९ की कार्यबाहक अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डे , स्वास्थ्य शाखा प्रमुख कुमार दाहाल ,आन्तरिक राजस्व समितिका सचिव अच्युत खड्का लगायत नगर प्रहरी र कर्मचारीहरुको सहभागिता रहेको थियो। – फाेटाे कपनअनलाइन

    Facebook Comments

    छुटाउनुभयो कि? सबै