टाेखालाइभ डट कम / माघ २९
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउ लगत्तै रिहा भएकी छन् ।उनलाई प्रहरीले राज्यविरूद्धको कसूर गरेको आरोपमा झाँक्रीलाई आज बिहीबार दिउँसो शंखमूलस्थित उनको निवासबाट पक्राउ गरेको थियो ।नेतृ रामकुमारी झाँक्रीले गोरखाको एक कार्यक्रममा नेतृ झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीबारे टिप्पणी गरेकी थिइन् । मदन भण्डारीको हत्यापछि तत्कालिन एमालेले २०५० सालमा विद्यादेवी भण्डारीलाई चुनाव लडाउनु भुल भएको झाँक्रीको भनाइ थियो ।सोही टिप्पणीलाई लिएर नेकपा ओली निकट अखिल नेपाल महिला संघले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै झाँक्री विरुद्ध कारवाहीको माग गरेको थियो ।नेतृ झाँक्रीले चौतर्फी दबाव थेग्न नसकेपछि सरकारले आफुलाई रिहा गरेको बताउँदै प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त बनाउने समेत बताएकि छन् ।
नेकपा नेतृ झाँक्रीलाई प्रहरीले उनका श्रीमान पशुपति पुरीको जिम्मामा आज बेलुका रिहा गरेको हो । रिहाइ भएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहकी नेतृ झाँक्रीले आफू विना शर्त रिहा भएको बताइन् । आफूले राष्ट्रपतिको संस्थामाथि भन्दा पनि व्यक्तिको आचरणबारे बोलेकाले कुनै पश्चाताप नभएको समेत बताएकि थिइन् ।

