• TOKHA LIVE

    • २९ माघ २०७७, बिहीबार ०६:०६

    काठमाडौ उपत्यका, राष्ट्र समृद्धिको स्रोत कुन हो ? – उपत्यकाको राजनिती समीक्षा:-

    मनिराज डंगोल

    सम्माननिय प्रधानमन्त्री केपी ओली नेपालको ३८ औं प्रधानमन्त्री हुनुहुन्छ । बिरलै सुन्न र देख्न पाईने नेपालको ईतिहासमा, मरिचमान सिंले पनि तत्कालिन नाकाबन्दीको बिरोधमा चाईनाबाट हवाईमार्गको माध्यमबाट सामग्री आयात गरेको ईतिहास पढ्न पाईन्छ । केपि ओलीले सदाको लागि नाकाबन्दीको रोकथाम स्वरुप चाईनासंग औपचारिकरुपमा पारवहन सन्धि गराउन सफलभयो । के हामी करिव ३ करोड नेपाली जनताहरुले यहि भजन मात्रै गाएर बस्ने हो ? के हाम्रो धर्म नेता र पार्टी विशेषको कारिन्दा मात्रै बनिरहने हो? यदि होइन भने हामी जनता के हो ? समीक्षा आफैबाट गर्ने बेला आएको छ।गोसाइँकुण्डका शेर्पा दाजुभाइ दिदिबहिनीहरु काठमाडौंमा २ दिन रमाउन सकिएला  तर चौरीको दुध खान पाईन्न।जोमसोमका दाजुभाई दिदिबहिनीहरु पोखरा बेगनास तालमा केही क्षण रमाउन सकिएला तर मार्फा स्याउको अर्गानिक चुस्की लिन  जोमसोम नै बस्नुपर्छ र अन्तरास्ट्रिय स्तरमा बजारिकरण गरि राष्ट्र समृद्धिमा टेवा पुर्याउनु पर्छ। यसरी भुगोल विशेषमा समृद्धिको स्रोत नखोजिने र केन्द्रको मात्रै मुखताक्ने, सजिलो को नाममा आफ्नो अस्तित्व मेटिने गरि गुलाम बन्ने, राजनितिमा जे पनि हुन्छ भन्ने नाममा बुढाले बुढी र बुढीले बुढा मार्ने मात्रै राजनिती हो भने यही प्रवृत्तिले हामी कता पुग्दैछौ। सोच्ने बेला आएको छ। सर्वमान्य नेता गणेशमानले भने जस्तै भेडा मात्रै पनि हामी नबनौं। सहि हो कि गलत हो आफ्नै परिवार , समाज र भुगोलबाट माथि उठेर पार्टी सम्म बहस चलाऔं र बर्तमान पुजिवादी युगमा आर्थिक समृद्धिको कुन स्रोतको धरातलमा आफु उभिएको छ ? पहिचान गराैं।

    ” अब हामी जनताहरु राष्ट्र समृद्धिको कुन स्रोतको भुगोलमा छौं पहिचान गराैं र त्यहि अनुरुपको आ- आफ्नै ठाउँबाट नेतृत्व र विकास गर्ने तिर आजैबाट जुताैं।”

    राजनीतिमा जे पनि हुन्छ भन्ने नाममा हाम्रो नेताहरुले हामिलाई गृहयुद्ध तिर पो उन्मुख गरायौं कि ? सम्पूर्ण सचेत नेपाली जनताहरुले सोच्ने बेला आएको छ। लेनिनवादी जनपरिचालन लाई राष्ट्रको आर्थिक समृद्धिको स्रोत पहिचानसंग जोडिन अब ढिलो गर्नु हुंदैन।नेपालको राजधानी काठमाडौंका जनताहरु अझ बढि सचेत हुनु जरुरी छ। तपाईंले राष्ट्रको आर्थिक समृद्धिमा कसरी टेवा पुर्याउन सकिन्छ? काठमाडौं उपत्यका कै पनि मुटु मानिने असन बजारमा केहि समय अगाडी भाडामा बसि दु:ख गर्ने नेपाली दाजुभाई दिदिबहिनीहरु र घरबेटी हरुबिच आन्दोलन नै चलेछ। के यो गृहयुद्धको लक्षण होईन र ?

    प्रत्येक सहर बस्तिमा यसरी नै एकले अर्काको अस्तित्व नस्विकार्ने र राजनीतिमा जे पनि हुन्छ भन्ने नाममा हाम्रो नेपाल जस्तो भुगोलले सानो भएपनि विविध संस्कृति , बहुभाषिक , बहुधार्मिक, बहुजाती जैविक विविधता भुगोल भएको ४ वर्ण ३६ जातको सुन्दर फुलबारी कतै अस्त ब्यस्त पो हुने हो कि ? उपत्यका नेपालको सबथोक हो। यसरी सतहि समिक्षाले मात्रै अब हुंदैन। यहाँका हिजो देखि आजसम्मका नेतृत्वहरुको समिक्षा मुल्यांकन गर्ने बेला आएको छ। भक्तपुरमा बिदेसि पर्यटकहरु किन आकर्षित हुन्छ ? कमरेड नारायण मान बिजुक्छें किन एक्लो बृहस्पति बनिरहे? अब हामी उपत्यका बासिहरुले मनन गर्ने बेला आएको छ। कमरेड नारायण मान बिजुक्छें कहिले मन्त्री बन्नुभएन तर आफ्नो भुगोल पहिचान गरि राजनिती अगाडि बढ्नुकै कारण त्यहाका जनताहरु सदाबहार समृद्ध छन।विश्वमा बन्दुक बेचेर धनि भएका जनताहरु भक्तपुर मा पैसा चढाउन आउने वातावरण कुन नेतृत्वले गरे हामी ३ करोड जनताले सोच्ने बेला आएको छ। यता काठमाडौ जिल्लामा हेर्ने हो भने मन्त्री भएकाहरुको लाइन गनेर साध्यै छैन। बरिस्ठ उपप्रधानमन्त्रीहरु पनि धेरै भए तर गृहयुद्धको लक्षण काठमाडौ मै किन देखिन्छ ? अब हामी जनताहरु राष्ट्र समृद्धिको कुन स्रोतको भुगोलमा छौं पहिचान गराैं र त्यहि अनुरुपको आ- आफ्नै ठाउँबाट नेतृत्व र विकास गर्ने तिर आजैबाट जुताैं।

    Facebook Comments

    सम्बन्धित खवर

    दोलखा भीमसेनको गाथाः

    मतको मूल्य र राष्ट्रको भविष्य

    अचम्मको ज्ञान ! 🌸

    जग्गा वर्गीकरण र गथामुग: चह्रे

    छुटाउनुभयो कि? सबै