• TOKHA LIVE

    • १७ माघ २०७७, शनिबार १३:२६

    प्रधानमन्त्री आज चितवन जाँदै, महानगपालिकाले कार्यक्रम बहिष्कार गर्ने

    भरतपुर । प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन जाँदैछन् । तर, भरतपुर महानगरपालिकाले भने प्रधानमन्त्रीको कार्यक्रम बहिष्कार गर्ने भएको छ ।

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले चितवनमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्न चितवन जान लागेका उनलाई प्रचण्ड नेपाल समुहको नेतृत्वमा रहेको महानगरपालिकाले बहिष्कार गर्न लागेको हो । भरतपुर महानगरको मेयर प्रचण्ड पुत्री रेणु दाहाल हुन् । चितवन जिल्ला कमिटीको आयोजनामा हुने सभालाई ओलीले सम्बोधन गर्नेछन ।

    दिउँसो साढे १२ बजे केन्द्रीय बस टर्मिनल भरतपुरमा आयोजना हुने सभालाई प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायतले पनि सम्बोधन गर्ने कार्यक्रम राखिएको छ । सभाका लागि चितवनको गाउँगाउँबाट कार्यकर्ता ओसारिएको छ । सभामा जानुअघि प्रधानमन्त्री ओलीले भरतपुरमा बन्न लागेको पुल्चोक–गोन्द्राङ ६ लेन सडक विस्तारको शुभारम्भ गर्ने कार्यक्रम छ । साथै भरतपुरमा निर्माण हुन लागेको सिटी हलको शिलान्यास पनि गर्ने भएको बताइएको छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै