एजेन्सी /पुस २५ ।
भारतको महाराष्ट्रस्थित एक अस्पतालमा आगो लाग्दा जलेर दश नवजात शिशुको मृत्यु भएको छ । महाराष्ट्रको भण्डारा जिल्ला अस्पतालमा शनिबार विहान दुई बजे भर्खरै जन्मेको शिशुको हेरचाह गर्ने कक्षमा आगलागी भएको हो ।शिशुलाई विशेष रेखदेख गर्ने अस्पतालको नवनिर्मित आईसीयुमा आगलागी भएको हो ।
आगो लाग्दै गर्दा सात नवजात शिशुलाई सुरक्षित उद्धार गरिएको प्रहरीले जनाएको छ ।
मृतक सबै शिशु एक महिनादेखि तीन महिनासम्मका भएको बताइएको छ । घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।आगलागी भएको समयमा अस्पतालमा १७ जना शिशुहरू राखिएका थिए ।

