• TOKHA LIVE

    • २५ फाल्गुन २०८२, सोमबार २२:०४

    रास्वपाका नेतासँग भारतका प्रधानमन्त्री नरेन्द्र मोदिको फोनमार्फत शुभकामना

    काठमाडौं, २५ फागुन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवी लामिछाने र वरिष्ठ नेता बलेन्द्र शाहलाई फोनमार्फत निर्वाचन विजयको बधाई दिएका छन्।
    वार्तामा प्रधानमन्त्री मोदीले दुबै नेतालाई नेपालको हालैको निर्वाचनमा रास्वपाको शानदार सफलता र आगामी सरकारका लागि शुभकामना व्यक्त गरेका छन्। उनले दुई देशबीचको मित्रता, साझा समृद्धि, प्रगति र जनकल्याणका लागि भारत र नेपाल सँगै काम गर्ने प्रतिबद्धता पनि दोहोर्‍याएका छन्। प्रधानमन्त्री मोदीले साझा प्रयासले भविष्यमा भारत–नेपाल सम्बन्ध अझ मजबुत र उन्नत हुने विश्वास सामाजिक संजालमा समेत व्यक्त गरेका छन्।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै