• TOKHA LIVE

    • १३ पुष २०८२, आईतवार १५:०२

    नेपाललाई ९ औँ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा १२ पदकको ऐतिहासिक सफलता

     

    टाेखा काठमाडौं पौष  १३ २०८२/
    भारतको कोलकातामा सम्पन्न ९औँ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता–२०२५ मा टिम नेपालले उत्कृष्ट प्रदर्शन गर्दै १२ वटा पदक जित्न सफल भएको छ।
    धर्मस्थली तेक्वान्दो डोजाङ्गका प्रमुख सानुबाबु महर्जनको नेतृत्वमा नेपालबाट १५ जना खेलाडी प्रतियोगितामा सहभागी भएका थिए। टिम प्रशिक्षकको रूपमा कुमार लवट र टिम संयोजकका रूपमा रुपा महर्जन, मालती श्रेष्ठ र सुलभ प्र. श्रेष्ठ सहभागी भएका थिए ।

     

    नेपालसहित विभिन्न देशका गरी करिब ६९० खेलाडी सहभागी रहेको प्रतियोगितामा टिम नेपालले ५ स्वर्ण, ५ रजत र २ कास्य पदक जित्दै अन्तर्राष्ट्रिय स्तरमा देशको गौरव बढाएको छ। यस सफलतामा धर्मस्थली तेक्वान्दो डोजाङ्ग र तुख्य तेक्वान्दो डोजाङ्गका खेलाडीहरूको उल्लेखनीय योगदान रहेको छ।

    प्रतियोगितामा सहभागी खेलाडीहरूमध्ये टिम नेपालकै सबैभन्दा कान्छी खेलाडी तुख्य तेक्वान्दो डोजाङ्गकी सर्भिका श्रेष्ठ रहनुभएको थियो। मात्र ४ वर्षको उमेरमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भई पदक जित्न सफल सर्भिका डोजाङ्गकै पहिलो सानो उमेरकी अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी बन्नुभएको छ।
    तुख्य तेक्वान्दो डोजाङ्गबाट टिम नेपालमा सहभागी चारै जना खेलाडीले पदक जित्न सफल भएका छन्।

    बलार्का प्र. श्रेष्ठ (११ वर्षमुनि) – पुम्से विधामा स्वर्ण
    सर्भिका श्रेष्ठ (६ वर्षमुनि) – केरुगी विधामा रजत
    तपेन्द्र नेपाली (१८ वर्षमुनि) – केरुगी विधामा कास्य
    श्रेया राई (१४ वर्षमुनि) – स्पीड किक विधामा कास्य

    टिम नेपालका प्रशिक्षक तथा तुख्य तेक्वान्दो डोजाङ्गका प्रमुख कुमार लवटले खेलाडीहरूको मिहिनेत र अनुशासनले अन्तर्राष्ट्रिय स्तरमा पदक दिलाउन पाउँदा अत्यन्त खुसी लागेको बताउनुभयो।
    यस सफलताले नेपाली तेक्वान्दो खेललाई थप ऊर्जा र प्रेरणा दिएको छ भने भविष्यमा अझ ठूला उपलब्धिको आशा बढाएको छ।

    फाेटाे सौजन्य: कुमार लवट

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै