TokhaLive
  • टोखा बिशेष
  • समाचार
    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
    • बिज्ञान/प्रविधि
  • समाज
  • कला संस्कृति
  • विचार
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य

Trending now

  • काठमाडौं जिल्ला चौबिसै घण्टा खुला गर्ने तयारी, सुरक्षा र पूर्वाधार व्यवस्थापनमा प्रशासनको जोड November 19, 2026
  • ​ग्राण्डी अस्पतालमा ‘अन्तर्राष्ट्रिय प्याथोलोजी सप्ताह–२०२६’ मनाइयो  November 19, 2026
  • वंशजको नागरिकता निरन्तरता भए १० गुणासम्म लगानी बढ्छ : डा. काफ्ले November 19, 2026
  • काठमाडौंमा मङ्सिर ७ देखि जलवायु कार्य सप्ताह हुदैँ  November 19, 2026
  • आगामी पुस २० गते प्रथम गैरआवासीय नेपाली विश्व महिला सम्मेलन हुने  November 19, 2026

काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस

  • Avatar photo

    TOKHA LIVE

  • January 8, 2026
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस
  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link

काठमाडौँ, २४ पुसः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम सिफारिस गरेको छ । एमालेका काठमाडाँै जिल्ला अध्यक्ष दीपक निरौलाले काठमाडौँ जिल्लाका १० वटै निर्वाचन क्षेत्रका लागि आकाङ्क्षी उम्मेदवारको नाम सिफारिस गरिएको जानकारी दिनुभयो । अध्यक्ष निरौलाले निर्वाचन क्षेत्रीय कमिटीबाट आएका नामसहित जिल्ला कमिटीले ती उम्मेदवारका नाममा सुझाव दिँदै राजधानी प्रदेश कमिटीमा उम्मेदवारको नाम सिफारिस गरिएको बताउनुभयो । एमालेले निर्वाचनका लागि यही पुस २४ गतेभित्र प्रदेश कमिटीमा नाम पठाउन जिल्ला कमिटीलाई निर्देशन दिइसकेको छ । एमाले काठमाडौँले क्षेत्र नं २ र ८ बाहेक सबै निर्वाचन क्षेत्रमा एकजना भन्दाबढी उम्मेदवारको नाम सिफारिस गरेको छ । क्षेत्र नं २ मा मणिराज फुँयाल र क्षेत्र नंं ८ मा राजेश शाक्यको एकल नाम सिफारिस गरेको छ । निरौलाका अनुसार काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेलले चाहेको खण्डमा उहाँलाई नै उम्मेदवार बनाउने र नचाहेको खण्डमा अन्यलाई पनि उम्मेदवार बनाउन नाम सिफारिस गरिएको छ । उहाँले काठमाडौँ क्षेत्र नं १ मा मोहन रेग्मी, शर्मिला कार्की र सरोज ढकालसहित आठजना, काठमाडौँ क्षेत्र नंं ३ मा रामेश्वर फुँयाल, कृष्ण राईसहित ६ जना, क्षेत्र नं ४ मा सचिव डा राजन भट्टराईसहित १३ जनाको नाम सिफारिस गरिएको बताउनुभयो । त्यसैगरी काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा एमालेका नेता ईश्वर पोखरेलसहित आठजना, क्षेत्र नं ६ मा केन्द्रीय सदस्य अमनकुमार मास्के, प्रकाश अधिकारीसहित १२ जना, क्षेत्र नं ७ मा केन्द्रीय उपाध्यक्ष रघुजी पन्तसहित ११ जना, क्षेत्र नं ९ मा केन्द्रीय सदस्यद्धय कृष्णगोपाल श्रेष्ठ र डा अजयक्रान्ति शाक्यसहित सात जना र क्षेत्र नं १० मा केन्द्रीय सदस्य विनोद श्रेष्ठसहित सात जनाको नाम उम्मेदवारका लागि सिफारिस गरिएको छ ।

  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link
सम्बन्धित खवर
काठमाडौं जिल्ला चौबिसै घण्टा खुला गर्ने तयारी, सुरक्षा र पूर्वाधार व्यवस्थापनमा प्रशासनको जोड

काठमाडौं जिल्ला चौबिसै घण्टा खुला गर्ने तयारी, सुरक्षा र पूर्वाधार व्यवस्थापनमा प्रशासनको जोड

November 19, 2026
​ग्राण्डी अस्पतालमा ‘अन्तर्राष्ट्रिय प्याथोलोजी सप्ताह–२०२६’ मनाइयो 

​ग्राण्डी अस्पतालमा ‘अन्तर्राष्ट्रिय प्याथोलोजी सप्ताह–२०२६’ मनाइयो 

November 19, 2026
वंशजको नागरिकता निरन्तरता भए १० गुणासम्म लगानी बढ्छ : डा. काफ्ले

वंशजको नागरिकता निरन्तरता भए १० गुणासम्म लगानी बढ्छ : डा. काफ्ले

November 19, 2026
काठमाडौंमा मङ्सिर ७ देखि जलवायु कार्य सप्ताह हुदैँ 

काठमाडौंमा मङ्सिर ७ देखि जलवायु कार्य सप्ताह हुदैँ 

November 19, 2026
आगामी पुस २० गते प्रथम गैरआवासीय नेपाली विश्व महिला सम्मेलन हुने 

आगामी पुस २० गते प्रथम गैरआवासीय नेपाली विश्व महिला सम्मेलन हुने 

November 19, 2026
विश्व सीओपीडी दिवस: फोक्सोलाई स्वस्थ राखौँ, सहज जीवन बिताऔँ

विश्व सीओपीडी दिवस: फोक्सोलाई स्वस्थ राखौँ, सहज जीवन बिताऔँ

November 18, 2026
  • छुटाउनुभयो कि? सबै
    काठमाडौं जिल्ला चौबिसै घण्टा खुला गर्ने तयारी, सुरक्षा र पूर्वाधार व्यवस्थापनमा प्रशासनको जोड

    काठमाडौं जिल्ला चौबिसै घण्टा खुला गर्ने तयारी, सुरक्षा र पूर्वाधार व्यवस्थापनमा प्रशासनको जोड

    ​ग्राण्डी अस्पतालमा ‘अन्तर्राष्ट्रिय प्याथोलोजी सप्ताह–२०२६’ मनाइयो 

    ​ग्राण्डी अस्पतालमा ‘अन्तर्राष्ट्रिय प्याथोलोजी सप्ताह–२०२६’ मनाइयो 

    वंशजको नागरिकता निरन्तरता भए १० गुणासम्म लगानी बढ्छ : डा. काफ्ले

    वंशजको नागरिकता निरन्तरता भए १० गुणासम्म लगानी बढ्छ : डा. काफ्ले

    काठमाडौंमा मङ्सिर ७ देखि जलवायु कार्य सप्ताह हुदैँ 

    काठमाडौंमा मङ्सिर ७ देखि जलवायु कार्य सप्ताह हुदैँ 


    सोसल मिडिया

    Follow us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    हाम्रो टिम

    अध्यक्ष प्रकाशक तथा सम्पादक
    सानुराज डंगोल
    सूचना विभाग दर्ता प्रमाण पत्र नं- २३६५/ ०७७-७८

    समाचार

    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • राजनीति
    • खेलकुद़़
    • आर्थिक

    मनोरञ्जन

    • गीत/संगीत
    • फिल्मी खबर
    • बलिउड / हलिउड
    • गशिप
    • माेडल वाच

    © TokhaLive. All Rights Reserved

    • हाम्रो बारेमा
    • हाम्रो टिम

    Developed By : Ashok Dangol