टाेखा लाइभ /नविना श्रेष्ठ
पौष ७,२०७७
मदन भण्डारी फाउन्डेशनकाे आयोजनामा काठमाण्डौ महानगरपालिका र नागार्जुन नगरपालिका मा पौष २ गते बाट पत्रकारिता तालिम शुरु भएको छ। काठमाडौंको पुरानो बानेश्वरको कृष्ण भोग पार्टी प्यालेसमा संचालन भैरहेको कर्यक्रममा महानगरपालिका र नागार्जुन नगरपालिका वाट प्रशिक्षार्थीहरुको सहभागिता रहेको मदन भण्डारी फाउन्डेशनकी केन्द्रीय सचिव पेम्बा लामाले जानकारी दिएकी छिन्।
स्थानीय तहका हरेक सकारात्मक र सृजनात्मक कामहरू संचार माध्यम र सामाजिक सञ्जाल मार्फत ब्यवस्थित प्रचार गर्ने जनशक्ति उत्पादनका लागि यस्ता तालिमहरुको आयोजना गरेको केन्द्रिय सचिव लामाले बताइन्।
सुशासन र समृद्धिका लागि संचार अभियानका रूपमा ६ दिने शैदान्तिक र तीन महिना प्रयोगात्मक रूपमा संचालन हुने यो तालिमको अन्तिम चरणमा दक्षिणकाली, चन्द्रागिरी र कीर्तिपुर नगरपालिकामा तालीम संचालन हुने आयोजकले जानकारी दिएका छन्।
पौष २ गते देखि सुरू भएकाे तालिममा २३ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो। प्रशिक्षकमा मदन भण्डारी फाउण्डेशनका आयोजक समिति घनश्याम कोईराला, केन्द्रिय सचिव पेम्बा लामा, भुगोल केन्द्रिय विभागका प्रा. डा.प्रेम सागर चापागाईं, शिक्षा अध्ययन अनसन्धान विभागका प्रमुख विमल पोखरेल योजना विद्धका राम शरण प्रशिक्षकमा उपस्थित रहेको थियो।
कार्यक्रममा बागमती प्रदेशका सभा सदस्य माननीय दिपक निरौला, काठमाण्डौ जिल्लाको सचिवालय सदस्य कीर्तिपुर नगर ईन्चार्ज केश रत्न बज्राचार्य, प्रदेश सभा सदस्य बेल मैया घले, जिल्ला समवन्यन समितिका उपप्रमुख सरिता ढाहाल , टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोल, उपस्थिति रहेको थियो।

