• TOKHA LIVE

    • २० असार २०७९, सोमबार १४:४४

    नागार्जुन नगरपालिकाको बजेट २ अर्व एक्काइस करोड तीन लाख ८० हजार

    टाेखालाइभ डट कम/असार २०,२०७९

    नागार्जुन नगरपालिकाले आर्थिक बर्ष २०७९ / ८० को लागी आर्थिक विधेयक २०७९ र कुल दुइ अर्व एक्काइस करोडतीन लाख असी हजार बराबरको आय व्यय बिनियोजन समेटिएको विधेयक नगर सभा बाट पारित गरेको छ।

    नगर प्रमुख मोहन बहादुर बस्नेतको अध्यक्षता तथा नगर सदस्यहरुको उपस्थितिमा बसेको बैठकले आर्थिक बर्ष २०७९ / ८० को लागी आर्थिक विधेयक २०७९ र कुल दुइ अर्व एक्काइस करोड तीन लाख असि हजार बराबरको आय व्यय समेटिएको बिनियोजन विधेयक नगर सभाको दोस्रो बैठक बाट पारित सर्वसम्मत रुपमा पारित गरेको नगर प्रवक्ता महेश रिमालले प्रेस बिज्ञप्ति मार्फत जानकारी गराएका छन ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै