टाेखा लाइभ असोज १४ काठमाडौं ।
नागार्जुन नगरपालिकामा १२ करोड ९२ लाखमा प्रशासनिक भवन बन्दै । जिल्ला समन्वय समितिले काठमाडौंका नगरपालिकाहरुलाई ६० प्रतिशत अनुदान दिएर नगरपालिकाको प्रशासनिक भवन बनाउन लागिरहेको छ ।
नागार्जुन नगरपालिकाको प्रशासनिक भवन निर्माण आयोजनाको लागि जिल्ला समन्वय समिति, काठमाडौंका प्रमुख शिबसुन्दर राज वैद्य र नागार्जुन नगरपालिकाको नगर प्रमुख मोहनबहादुर बस्नेतबीच दुई पक्षिय सम्झौता भएको छ ।
नागार्जुन नगरपालिकाले बाह्र करोड बयानब्बे लाख सतचालिस हजार तीन सय छपन्न रुपैयाँ तीस पैसाको ६० प्रतिशतले हुन आउने रकम रु ७,७५,४८,४१३.८० (सातकरोड पचहत्तर लाख अठ्चालिस हजार चारसय तेह्र रुपैयाँ असी पैसा) नागार्जुन नगरपालिकाले पाउने गरि सम्झौता गरेको छ । नपुग ४० प्रतिशत रकम नगरपालिकाले व्यहोर्ने शर्तमा सम्झौता भएको छ । करिव १३ करोडमा बन्ने भवन अत्याधुनिक बन्नेछ ।-फरकपत्रबाट

