• TOKHA LIVE

    • २ पुष २०७७, बिहीबार १३:२१

    काठमाडौं महानगर र नागार्जुन नगरपालिकामा मदन भण्डारी फाउन्डेसनको पत्रकारिता तालिम शुरु:-

    टाेखा लाइभ / पुष २,काठमाडौं

    काठमाडौं महानगरपालिका र नागार्जुन नगरपालिकामा मदन भण्डारी फाउन्डेसनको पत्रकारिता तालिम शुरु भएको छ।मदन भण्डारी फाउन्डेसन काठमाडौंको आयोजनामा शुरु भएको तालिममा यी नगरपालिकाका सबै वडा बाट प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ।

    मदन भण्डारी फाउन्डेसन केन्द्रीय कमिटीकी सचिव पेम्बा लामा,बागमती प्रदेस सभा सदस्य गणेश प्रसाद दुलाल,जिसस काठमाडौंकी उपप्रमुख सरिता दाहाल , मदन भण्डारी फाउन्डेसन काठमाडौं महानगरका अध्यक्ष टिका पराजुली,काठमाडौं महानगरपालिका वडा नं ९ का सदस्य श्रीराम राई ,वडा नं ३२ की सदस्य हुमा आचार्य,प्रशिक्षकहरु घनश्याम कोईराला,सोम राई लगायतको उपस्थितिमा भएको तालिम शुभारम्भ कार्यक्रममा फाउन्डेसनका काठमाडौं जिल्ला अध्यक्ष दिपक निरौलाले तालिमको उदेस्य माथि प्रकास पारेका थिए।

    काठमाडौं जिल्लाका ११ वटै पालिकाका १३८ वटै वडाका प्रशिक्षार्थीहरुको सहभागितामा हुने तालिममा आधारभूत पत्रकारिता ,स्थानीय तह र नेपालको कम्युनिस्ट आन्दोलन लगायतका विषयमा प्रशिक्षण प्रदान गरिने आयोजकले जानकारी दिएको छ।

    सुशासन र समृद्धिका लागि संचार अभियानका रुपमा छ दिन शैदान्तिक र तिन महिना प्रयोगात्मक रुपमा संचालन हुने तालिमको अन्तिम चरणमा दक्षिणकाली ,चन्द्रागिरी र किर्तिपुर नगरपालिकामा तालिम संचालन हुने आयोजकले जानकारी दिएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै