• TOKHA LIVE

    • २ पुष २०७७, बिहीबार ०८:२८

    तारकेश्वर नगरपालिकाको प्रशासकीय भवन शिलान्यास सम्पन्न :-

    टाेखा लाइभ / पुस २ काठमाडौं ।

    तारकेश्वर नगरपालिकाको प्रशासकिय भवनको सिलान्यास भएको सम्पन्न भएको छ ।हिजो बिहान नगरपालिकाको प्राङगण छेउमा भएको एक औपचारिक कार्यक्रममा नगर प्रमुख रामेश्वर बोहराले विधिअनुसार पुजा अर्चना गरेका थिए।

     

    १७ करोड, १ लाख लागतमा बन्न लागेको भवनको शिलान्यास नगर प्रमुख रामेश्वर बोहरा र जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राजवैद्यले संयुक्त रूपमा शिलान्यास गरेका छन् ।

    कार्यक्रममा नगरपालिकाका कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा तारकेश्वर नगरपालिकाभित्रका जनप्रतिनिधिहरु र कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

    त्यस्तै जिल्ला समन्वय समितिका उपप्रमुख सरिता दाहाल, सदस्य रघुनाथ तिमिल्सिना, नगर उपप्रमुख भवानी डोटेल धिताल, प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद लम्साल, नगर शिक्षा प्रमुख तथा सूचना अधिकारी होमनाथ न्यौपाने, प्राविधिक साखा प्रमुख पूर्णकाजी महर्जन, भवन निर्माणकर्ता ठेकेदार कम्पनीबाट कविन्द्र महर्जन र समुन्द्र महर्जन लगायतको उपस्थिति रहेको थियो ।

    नगरको प्रशासनिक भवन निर्माण सम्पन्नको ठेक्का अवधि ३० महिनाको रहेको छ । बोल्ने जनप्रतिनिधिहरुले अवधिभन्दा अगाडी नै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई अनुरोध गरेको छ । शिलान्यास कार्यक्रममा विराटसनातन धर्म विद्यालयका वटुकहरुबाट स्वस्ती वाचन गरिएको थियो । कार्यक्रमपछि सबैले सामुहिक प्रसाद ग्रहण र भोजन गरेका थिए ।

    भवन शिलान्यास कार्यक्रम तारकेश्वर नगरपालिकाले पहिलोपटक निकालेको नगर गतिविधी समेटिएको चौमासिक बुलेटिनको बिमोचन र सार्वजनिक गरिएको थियो ।- फरकपत्रबाट

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै