तारकेश्वर, असोज १०/तारकेश्वर नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्सालले बिहीबारदेखि औपचारिक रूपमा कार्यभार सम्हाल्नुभएको छ।
नगर प्रमुख कृष्ण हरि महर्जनले नगरकार्यपालिकाको कार्यालयमा उहाँलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। उप–प्रमुख सृजना बुर्लाकोटी अर्याल, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू र शाखा प्रमुखहरूको उपस्थितिमा भएको कार्यक्रममा नयाँ अधिकृत लम्सालले नगरको विकास र सेवाप्रवाहलाई प्रभावकारी बनाउन प्रतिबद्ध रहने बताउनुभएको थियो।
कार्यक्रममा सहभागीहरूले नयाँ नेतृत्वसहित नगरपालिका अझ व्यवस्थित र सबल हुने अपेक्षा व्यक्त गरेका थिए।

