• TOKHA LIVE

    • ३ भाद्र २०८२, मंगलवार ०९:०६

    ऐतिहासिक टोखा, तार्केश्वर र बुढानिलकण्ठ अन्तर्राष्ट्रिय वाटरकलर फेस्टिवल२०२५ को मुख्य गन्तव्य 

     

    टोखा, भदौ ३ काठमाडौं ।
    इतिहास, संस्कृति र परम्पराले ओतप्रोत टोखा, तार्केश्वर र बुढानिलकण्ठ आगामी अक्टोबर ९ देखि १२ सम्म हुने चौथो अन्तर्राष्ट्रिय वाटरकलर फेस्टिवल २०२५ का मुख्य गन्तव्य बन्ने भएका छन्।

    एशिया संस्करणअन्तर्गत आयोजना हुने यस महोत्सवमा विभिन्न देशका प्रख्यात वाटरकलर कलाकारहरू काठमाडौं भेला हुनेछन्। उनीहरूले प्रदर्शनी, मास्टर डेमोन्स्ट्रेसन, छलफल तथा खुला आकाशमुनि चित्रकला (Plein Air) जस्ता कार्यक्रममार्फत यी क्षेत्रका साँघुरा गल्ली, पुराना मठमन्दिर र प्राकृतिक दृश्यलाई क्यानभासमा उतार्नेछन्।

    इन्टरनेशनल वाटरकलर सोसाइटी नेपाल (IWS–Nepal) का अनुसार, टोखा, तार्केश्वर र बुढानिलकण्ठलाई “इतिहास र कलाको संगमस्थल” का रूपमा प्रस्तुत गर्न विशेष तयारी भइरहेको छ। यस महोत्सवले स्थानीय धरोहर र संस्कृति अन्तर्राष्ट्रिय समुदायमा चिनाउने अपेक्षा गरिएको छ।

    कला–संस्कृतिमा रुचि राख्ने विज्ञ, विद्यार्थी र सर्वसाधारणलाई एउटै प्लेटफर्ममा ल्याउने यो फेस्टिवलले सिर्जनशीलताको रंग फैलाउनेछ। साथै, नेपालको कला, संस्कृति र प्राकृतिक सौन्दर्यलाई विश्व समुदायसामु उजागर गर्ने अवसरका रूपमा पनि यसलाई हेरिएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै