• TOKHA LIVE

    • २८ मंसिर २०७७, आईतवार १८:५६

    टिकटक बन्यो सर्वाधिक लोकप्रिय एप:-

    टाेखा लाइभ/ काठमाडौं
    मंसिर २८
    एजेन्सी/ सन् २०२० मा विश्वभर सर्वाधिक डाउनलोड हुने मोबाइल एप्लिकेसनहरुको सूची सार्वजनिक भएको छ ।एप एन्नीको रिपोर्टअनुसार सन् २०२१ मा विश्वमा टिकटकका मासिक सक्रिय प्रयोगकर्ताको संख्या १ अर्बभन्दा धेरै पुग्नेछ ।

    एप विश्लेषण गर्ने कम्पनी App Annie ले सार्वजनिक गरेको obile App Trend २०२० को रिपोर्टअनुसार यस वर्ष विश्वमा सर्वाधिक डाउनलोड हुने एपको सूचीमा पहिलो स्थान टिकटकले कब्जा गरेको छ ।

    अघिल्ला वर्षहरुमा पहिलो स्थानमा रहने गरेको फेसबुकलाई यो वर्ष टिकटकले पछि पारेको छ ।

    गत वर्ष सन् २०१९ मा सर्वाधिक डाउनलोड हुने एपहरुको सूचीमा चौथो स्थानमा रहेको टिकटकले यो पटक तीन स्थान फड्को मार्न सफल हुँदै पहिलो स्थान हासिल गरेको हो ।

    गत जून महिनामा भारतमा टिकटक प्रतिबन्धित भएको थियो र त्यसबेलासम्म टिकटकका भारतीय प्रयोगकर्ताको संख्या १० करोड थियो ।

    पहिलो स्थान टिकटकले कब्जा गरे पनि दोश्रोदेखि पाँचौँ स्थानसम्म चाहिँ फेसबुक र यस कम्पनीका अन्य एप्लिकेसनहरुको दबदबा रहेको छ ।

    सर्वाधिक डाउनलोड हुने एपको दोश्रो स्थानमा फेसबुक रहँदा तेश्रो स्थानमा ह्वाट्सएप रहेको छ ।विश्वमा सर्वाधिक डाउनलोड हुने एपको चौथो स्थानमा जूम रहेको छ
    त्यस्तै इन्स्टाग्राम यो वर्ष सबैभन्दा धेरै डाउनलोड भएका एपको पाँचौ नम्बरमा परेको छ ।रिपोर्टअनुसार छैटौँ स्थानमा फेसबुक मेसेन्जर छ भने सातौँ स्थानमा गुगल मिट रहेको छ । त्यस्तै सबैभन्दा लोकपि्रय एपहरुको आठौँ, नवौँ र दशौँ स्थानमा क्रमशः स्नापच्याट, टेलिग्राम र लाइकी परेका छन् ।

    उता कोरोनाकालमा सर्वाधिक लोकप्रिय  बनिरहेको भिडियो कन्पन्सिङ एप जूम यो वर्ष सर्वाधिक लोकप्रिय एपहरुको टप फाइभभित्र पर्न सफल भएको छ। प्रयोगकर्ताले सबैभन्दा धेरै समय बिताउने एपको सूचीमा चाहिँ टिन्डर पहिलो स्थानमा पर्न सफल भएको छ । यो सूचीमा टिकटक दोश्रो स्थानमा छ भने युट्युब तेश्रो, डिज्नी प्लस चौथो, टेन्सेन्ट भिडियो पाँचौँ तथा नेट्फ्लिक्स छैटौँ स्थानमा रहेका छन् ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै