• TOKHA LIVE

    • ५ फाल्गुन २०७७, बुधबार ०८:१५

    ह्यारी र मेगनको दोस्रो सन्तान हुने पक्का

    २०७७ फाल्गुन ५, बुधवार ।

    डेली मेल । बेलायतका पूर्व राजकुमार ह्यारी र उनकी श्रीमती मेगनको दोस्रो सन्तान हुने भएको छ । बेलायती सञ्चार माध्यमहरूले दुवै जना दोस्रो सन्तानको पर्खाइमा रहेको बताएका छन् ।

    उनीहरुले दोस्रो सन्तान जन्माउन निश्चितभएको उनका सहयोगीले जानकारी दिएका छन् । भ्यालेन्टाइन डेको अवसर पारेर उनीहरूले आफुहरू दोस्रो सन्तान जन्माउने तयारीमा रहेको सार्वजनिक गरेका हुन् ।

    एउटा रुखको तल बसेर मुस्कुराएको र मेगनको गर्भवती अवस्थाको तस्वीर उनीहरूले सार्वजनिक गरेका छन् । नयाँ सन्तान प्राप्तहुने खवरले राजपरिवारका सवै सदस्यहर्षित रहेको बताएको छ ।

    “आर्ची दाई बन्ने सुनिश्चित भइसकेको छ,” उनका प्रवक्ताले भनेका छन् । उनीहरूका जेष्ठ सन्तानआर्ची गत मे मा एक बर्ष पुरा भएको छ ।

    बेलायती महारानी एलिजावेथ द्वितीयकी नाती ह्यारी र उनकी श्रीमती मेगनले गतबर्षको मार्चमा राजपरिवारको सदस्य परित्याग गरी अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएकी छन् ।

    ह्यारी र मेगनबीच पहिलो भेट भएको १६ महिनापछि विवाहभएको थियो । सन् २०१८को मे महिनामा उनीहरुको विवाह भएको हो ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै