• TOKHA LIVE

      TOKHA LIVE

    • २८ मंसिर २०७७, आईतवार ०८:१७

    आज बालाचतुर्दशी पर्व : दिवङ्गत पितृका नाममा शतवीज छर्ने:-

    टाेखा लाइभ / मंसिर २८

    आज विहान शिवालयहरुमा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइएको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीको बेलुकी पशुपतिलगायत देशभरका शिवालयमा दीपदान गरी चतुर्दशीका दिन बिहान शतबीज छरेर यो पर्व मनाउने गरिन्छ ।
    आजको दिनलाई मसिंर कृष्ण चर्तुदशी अर्थात बाला चर्तुदशी पनि भनिन्छ र आजको दिन मृत्यूवरण गरेका पितृहरुको मोक्षयात्राका लागी अत्यन्त महत्पूर्ण दिनका रुपमा मानिन्छ । नेपाल अनि भारतका विभिन्न शक्तिपीठ अनि त्रिवेणी धामहरुमा आज शतवीज छर्ने तिर्थालुहरुको घुईँचो रहने गर्दछ।शतवीज भन्नाले पितृ उद्धारकालागी धार्मीक वनहरु जस्तै कैलाश डाँडा, श्लेष्मान्तक बन अनि अन्य बनहरुमा गई छर्ने सातप्रकारको अन्नहरु पर्दछ ।

    यस्ता अन्नहरुमा धान, गहुँ, मास, मुगी, कागुन, र सामा मिलाईएको सप्तधाना यूक्त शतवीज र विभिन्न प्रकारका फूलहरु रहनेगर्दछ । शतवीज छर्नेकुरामा ठाँउअनुसार आफ्ना आफ्नै चलनहरु रहेको पाईन्छ र माथी उल्लेख गरेका अलावा चना, तील, मकैहरुपनि राखेर शतवीज छर्ने चलन रहेको छ भने अन्नका साथसाथै कागती, निबुवा, विमिरो, सुन्तला, स्याउ, उखु, अम्बा,केरा पनि राख्ने चलन रहेको छ ।

    मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान गर्ने भक्तजनको भीड लाग्ने पशुपति क्षेत्र यस वर्ष तुलनात्मक रुपमा कम भक्तजन मात्रै पुगेका छन् ।

    बाला चर्तुदशीमा पितामाता या पितामह या मातामह अर्थात हजुरवुवा अनि हजुरआमा या सातपुस्ता भित्र जुठो बार्न पर्ने जो कोहीको पनि जुठो बार्ने या बर्खि बार्ने क्रममा पूरा गर्नुपर्ने नियम पुरागर्न नसकेमा या कुनै त्रुटीभएमा बाला चर्तुदशीको दिन पवित्र खोलामा तिनफेर डुबुल्की मारेर चोखो भई शतवीज छर्नाले र त्रयोदशीमा जाग्राम वसेर मृतात्माको नाममा दिप प्रज्वलन गर्नाले सम्पूर्ण दोषवाट मुक्तिपाउने जनविश्वास रहेको छ ।

    बालाचतुर्दशीको अघिल्लो रात हिजो दिवङ्गत पितृका नाममा दीप दान गरिने मेला भने यो विर्ष पशुपतिमा नलागेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।बालाचतुर्दशीमा लाखौँ भक्तजन पशुपतिमा आउने गरेकाले कोरोना फैलने डरले यस वर्ष दीपदान नगर्न अनुरोध गरेको थियो । आज विहान शतबीज छर्न भने मन्दिरको मुख्य क्षेत्र कैलाशडाँडामा निषेध गरिएपनि मृगस्थली, गुह्येश्वरी र गौरीघाट क्षेत्रमा भने खुला गरिएको थियो ।

    परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै एक सय आठ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर,श्लेषमान्तक बन आदि ठाउँमा शतबीज छर्ने गरिन्छ।भने पूर्वी नेपालको चतरा, बराहक्षेत्र, पर्वत जिल्लाको सेतीवेणी धाम, म्यादी को गलेश्वर धाम गुल्मी शान्तिपुरको चक्रेश्वर मन्दिर, नवलपरासीको देवघाट धाम, धनुषाको लगायत देशभरिका शिवालय एवं त्रिवेणी धामहरुमा विशेष घुईँचो अनि मेला लाग्ने गर्दछ

    आजका दिन शिवालयमा एक गेडा बीज छर्दा एक गेडा सुन दान गरेबराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने विश्वास गरिन्छ ।

    Facebook Comments

  • छुटाउनुभयो कि? सबै