• TOKHA LIVE

    • २५ मंसिर २०७७, बिहीबार ०५:५८

    फोर्ब्सबाट विश्वका एकसय शक्तिशाली महिलाको सुची प्रकाशित, एन्जेला मर्केलदेखि कमला ह्यारिससम्म

    मंसिर २५, २०७७

    फोर्ब्सले विश्वका एकसय शक्तिशाली महिलाको सुची प्रकाशित गरेको छ, जसमा जर्मन चान्सलर एन्जेला मर्केलदेखि नवनिर्वाचित अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसम्म रहेका छन् । फोब्र्सले ३० देशका राजनीति, मनोरञ्जन, ब्यापार लगायतका क्षेत्रमा रहेका शक्तिशाली महिलाको सुची प्रकाशित गरेको हो ।

    सुचीमा पहिलो नम्बरमा एन्जेला मर्कल रहेकी छिन् । उनी विगत १० बर्षदेखि नै पहिलो नम्बरमा रहँदै आएकी छिन् । युरोपियन केन्द्रीय बैंककी प्रमुख क्रिस्टिन लेगार्ड दोश्रो नम्बरमा रहेकी छिन् भने नवनिर्वाचित अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस तेश्रो नम्बरमा रहेकी छिन् ।

    युरोपियन आयोगकी पहिलो महिला प्रेसिडेण्ड उर्सुला वान डेर लेयन चौथो नम्बरमा परेकी छिन् । त्यस्तै बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेशनकी को चेयर मेलिण्डा गेट्स पाँचौं नम्बरमा परेकी छिन् । मेरि बारा छैठौं नम्बरमा छिन् भने अमेरिकाकी हाउस स्पीकर न्यान्सी पेलोसी सातौं नम्बरमा छिन् ।

    ओपराह २० नम्बरमा, बियोन्से ७२ नम्बरमा, टेलर स्वीफ्ट ८२ नम्बरमा परेका छन् । बेलायतकी महारानी एलिजाबेथ ४६ नम्बरमा परेकी छिन् ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै