• TOKHA LIVE

    • २५ मंसिर २०७७, बिहीबार ०४:४६

    बेलायतमा कोरोनाविरुद्धको खोप लगाएको पहिलो दिन नै दुईजना विरामी, चेतावनी जारी

    २०७७ मंसिर २५ गते

    लण्डन (एजेन्सी)। बेलायतमा अमेरिकी कम्पनी फाइजरले विकास गरेको कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिएको छ। तर, खोप लगाएका दुईजना विरामी परेका छन्।

    बेलायती समाचार माध्यम डेली मेलका अनुसार कोरोनाविरुद्धको फाइजर खोप लगाएका दुईजना स्वास्थ्यकर्मी विरामी परेका हुन्।

    उनीहरु दुबैजनामा खोपको प्रतिक्रियाका कारण एलर्जी भएको बेलायती स्वास्थ्य अधिकारीले पुष्टि गरेका छन्। यो पुष्टि भएसँगै स्वास्थ्य सेवा सम्बन्धी निकायले बेलायतमा अब खोप लगाउँदा पहिलादेखि नै एलर्जीको समस्या भएकाहरुमा यो खोप प्रयोग नगर्न भनिएको छ।

    बेलायतमा ८० वर्षभन्दा माथिका सर्वसाधारण र स्वास्थ्यकर्मीमा पहिलो चरणमा खोप लगाइँदै छ। यसका लागि बेलायतका विभिन्न स्थानमा ५० वटा सेन्टर स्थापना गरिएको छ। बेलायतमा खोपको अनुमति पाएको फाइजरले अमेरिका भने हालसम्म अनुमति पाउन सकेको छैन।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै