• TOKHA LIVE

    • २४ मंसिर २०७७, बुधबार १५:१२

    बाइडेनको मनोनयनः रक्षामन्त्रीमा पहिलो अश्वेत

    २०७७ मंसिर २४, गते

    वासिङ्टन डीसी।अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनले रक्षामन्त्रीमा अवकाशप्राप्त जनरल लोयड अस्टिनलाई मनोनयन गर्नु भएको अमेरिकी अखबारहरुले बताएका छन् ।

    अमेरिकी सेनाका अवकाशप्राप्त चारतारे जनरल अस्टिन विगतमा अमेरिकी सेन्ट्रल कमान्डका कमान्डर थिए । सिनेटले अनुमोदन गरेमा रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने उनी पहिलो अश्वेत हुनेछन् ।

    यद्यपी औपचारिक घोषणा भने आगामी क्रिसमस अघि मात्र गरिने बाइडेनका सहयोगीहरुले बताएका छन् । बाइडेनले यसअघि नै राष्ट्रिय सुरक्षा सल्लाहकार सहित स्वास्थ्य टोली र ह्वाइट हाउसका वरिष्ट सल्लाहकारहरुको टोली घोषणा गरिसकेका छन् ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै