• TOKHA LIVE

    • २३ मंसिर २०७७, मंगलवार १५:१८

    बढ्याे सगरमाथाको उचाई,विश्वको अग्लो चुचुरो अब ८ हजार ८४८.८६ मिटर :-

    टाेखा लाइभ / मंसिर २३ काठमाडौं

    नेपालले पहिलो पटक सगरमाथाको उचाई आफैले नापेर विश्वको अग्लो चुचुरो सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरेको छ । आज नेपाल र चीनले सँयुक्त पत्रकार सम्मेलन गरी सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८.८६ मिटर सार्वजनिक गरेको हो ।
    नापी विभागले दुई बर्षको अवधि लगाएर सगरमाथाको उचाई मापन गर्न सफल भएको थियो। विसं २०७२ मा गएको भूकम्पपछि सगरमाथाको उचाइ घटबढ भएको बिज्ञहरुले अनुमान गरेका थिए ।
    सगरमाथाको उचाइ पहिलो पटक सन् १८४९ मा जर्ज एभरेस्टको नेतृत्वमा सम्पन्न भएको थियो । सगरमाथा विश्वको सबै भन्दा अग्लो भूभाग सगरमाथाको अंग्रेजी नाम एभरेस्ट राखिएको हो ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै