• TOKHA LIVE

    • २३ आश्विन २०८२, बिहीबार १०:४७

    नेपालले कुवेतलाई पराजित गर्दै शानदार जीत दर्ता

    काठमाडौँ, २३ असोजः
    आइसिसी टी–ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोट अन्तर्गतको पहिलो खेलमा नेपालले शानदार प्रदर्शन गर्दै कुवेतलाई पराजित गरेको छ।

    ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी–१ मैदानमा आज सम्पन्न समूह ‘बी’को पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको हो।

    पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४१ रन बनायो। नेपालका ओपनर कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गर्दै ५६ बलमा तीन छक्का र तीन चौकासहित ६६ रनको योगदान दिए। त्यसैगरी, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले समान २०–२० रन जोडे भने कप्तान रोहित पौडेलले १६ रन बनाए।

    बलिङतर्फ कुवेतका नवीनराज राजेन्द्रन र अनुदीप चन्दामाराले समान दुई–दुई विकेट लिँदा मोहम्मद आकिफ फरुकले एक विकेट लिए।

    १४२ रनको लक्ष्य पछ्याएको कुवेत १८.१ ओभरमै अलआउट हुँदै ८३ रनमा सीमित रह्यो। कुवेतका ओपनर क्लिन्टो आन्टोले २६ र यासिन पटेलले १९ रन बनाए।

    नेपालका बलर सन्दीप लामिछाने, ललित नारायण राजवंशी र कप्तान रोहित पौडेलले समान दुई–दुई विकेट लिए भने कुशल भुर्तेल, सोमपाल कामी र नन्दन यादवले समान एक–एक विकेट हात पारे।

    यस जीतसँगै नेपालले समूह ‘बी’मा विजयी सुरुवात गरेको छ। अब नेपालले समूह चरणको अर्को खेल शुक्रबार जापानसँग खेल्नेछ।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै