• TOKHA LIVE

    • १६ मंसिर २०७७, मंगलवार १५:३८

    तारकेश्वर नगरपालिकाका विद्यालयहरु मंसिर २१ गतेबाट सञ्चालनमा आउने:-

    टाेखा लाइभ मंसिर १६।

    तारकेश्वर नगरपालिकाका  विद्यालयहरु आगामी मंसिर २१ गतेबाट सञ्चालनमा आउँने भएका छन् । तारकेश्वर नगर शिक्षा समितीको वैठकले मंसिर २१ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ ।

    विद्यालय सञ्चालन पूर्व अभिभावक, शिक्षक तथा विद्यालय व्यवस्थापन समितीको वैठक बसी स्वास्थ्य सुरक्षाको पूर्ण पालन हुने गरि कार्ययोजना बनाई सोको प्रतिलिपी नगरशिक्षा शाखालाई पेश गर्नेछ ।

    विद्यालय विहान र दिउसो २ सिप्ट र कक्षागत आलोपालो गरि हप्ताको ३ दिन विद्यार्थी विद्यालय आउन व्यवस्था गर्ने र विद्यालय भने हप्ताको ६ दिन सञ्चालन गर्नुपर्नेछ । ठूला कक्षालाई विहानको सिप्ट र साना कक्षालाई दिउसोको सिप्टमा विद्यालय आउने व्यवस्था गर्नुपर्ने निर्णय नगर शिक्षा समितीले गरेको हो । विद्यालयको सरसफाइ हात धुने पानीको व्यवस्था विद्यालयलाई दैनिक निर्मलीकरण/ सेनिटाइज गर्ने जस्ता कार्य् मंसिर २० सम्म पुुुरा गर्न तारकेश्वर नगरपालिकाले शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयबाट मंसिर २० मा जारि भएको विद्यालय संन्चालन कार्य ढाँचा २०७७को प्रतिकूल नहुने गरि विद्यालय संन्चालन गर्न गराउन अनुरोध गरेको छ।

    तारकेश्वर नगरपालिका सूचना :-

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै