• TOKHA LIVE

    • ७ मंसिर २०७७, आईतवार १८:५९

    अफगानिस्तानमा २३ राउण्ड रकेट आक्रमण, ८ को मृत्यु

    काबुल । अफगानिस्तानको राजधानी काबुलमा घातक रकेट आक्रमण भएको छ । करीव २३ राउण्ड रकेट प्रहार भएको र यो घटनामा कम्तिमा आठ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् ।
    आतंककारी समूहले शनिबार करिब २३ राउण्ड रकेट आक्रमण गरेको सरकारी अधिकारीले पुष्टी गरेका हुन् । यस घटनामा करीव ३१ जना घाइते छन् । अफगानी गृह प्रशासनका अनुसार आक्रमणमा तालिवान समूहको संलग्नता रहेको पाइएको छ ।

    अमेरिकाले अफगानिस्तानबाट थप सैनिक फिर्ता लैजाने तयारी गरिरहेको छ । अर्कोतर्फ सरकार र विद्रोही समुहबीच शान्ति वार्ता समेत चलिरहेको समयमा भएको यो घटनाले अवस्था गम्भीर हुन सक्ने देखिएको बताइएको छ ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै