• TOKHA LIVE

    • २७ कार्तिक २०७७, बिहीबार १९:५०

    पत्रकारमाथिको हमलाको राष्ट्रसंघीय प्रमुखद्धारा निन्दा

    २०७७ कार्तिक २७ गते

    न्युयोर्क । संयुक्त राष्ट्रंघका महासचिव एन्टोनियो गुटर्रेसले पत्रकारहरुमाथि हुने गरेको हमलाको कडा रुपमा निन्दा गरेका छन् ।उनले यसरी प्रेसमाथि भएको हमलाको निन्दा गर्दै यस्तो हमला तत्कालै रोकिनुपर्ने बताए । साथै उनले यसरी पत्रकारलाई हमला गर्ने तथा हत्या गर्ने व्यक्तिहरुमाथि कानुन बमोजिम कडा कारबाही गर्न पनि माग गरेका छन् ।

    महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले बुधबार एक विज्ञप्ति प्रकाशन गर्दै सो कुरा बताएका हुन् । उनले पत्रकारको हत्या गर्ने व्यक्तिलाई कडा कारबाही नगर्दा यसबाट दण्डहीनता बढेको र जसका कारण पत्रकारको हत्या नरोकिएको पनि बताएका छन् ।

    सो विज्ञप्तिका अनुसार सन् २०१८ देखि २०१९ सम्मको अवधिमा युनेस्कोले दिएको एक तथ्यांकमा ६७ जना पत्रकारको हत्या भएको थियो ।ती पत्रकारहरुको हत्या सशस्त्र द्धन्द्ध भएका देशमा यसैसँग सम्बन्धित घटनाका कारण भएको पाइएको थियो ।

    युनेस्कोले दिएको जानकारीमा तीमध्ये २३ जना पत्रकार त युद्धको समाचार संकलनकै क्रममा ज्यान गएको थियो ।कतिपय पत्रकारलाई युद्धको समाचार संकलनका क्रममा हत्या गर्ने गरिएको पाइएको छ भने कतिपयलाई भने युद्धका नाममा हत्या गर्ने गरिएको छ भन्दै महासचिव गुटर्रेसले जे जस्तो गरेर भए पनि पत्रकारको हत्या गर्ने गरिएकोले हत्यामा संलग्नहरुलाई कडा कारबाही गर्नुपर्ने बताए।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै