तारकेश्वर नगरपालिकाकी स्थायी बासिन्दा रहेकी कलाकार मेनुका कार्कीको दमदार अभिनय रहेको परदेशीको वेदनाले भरिएको नयाँ गीत “भोकै छौकि” युट्युब मार्फत सार्वजनिक भएको छ।
“भोकै छौकि” गितमा गायक दुर्गा बिरही र गायिका पूजा क्षेत्रीको स्वर रहेेको नयाँ गीतमा अर्जुन वि.क. र मेनुका कार्की तथा बाल कलाकार बिकाश वि.कको मनछुने उत्कृष्ट अभिनय हेर्न सकिन्छ।
वास्तविक कथामा आधारित परदेशी र घर देशीको वेदनाले भरिएको गीतमा शब्द तथा संगीतमा पूजा क्षेत्री कै रहेको छ भने संगीत संयोजन राजेश बर्देवाले गरेका छन् ।
दुर्गा बिरहीले निर्देशन गरेको भिडियो आत्मा विश्वास फिल्मस प्रा.लि को प्रस्तुतिमा सार्वजनि भएको हो। सो गीतमा बिरेन्द्र परिवारकोे छायांकन रहेको छ भने अनिल बिष्टले सम्पादन गरेका छन्।
भिडियो हेर्न click गर्नुहोस्:-

