• TOKHA LIVE

    • २५ कार्तिक २०७७, मंगलवार ०५:३१

    तारकेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या १६९८ पुग्यो,

    टाेखा लाइभ कात्तिक २५, काठमाडौं ।

    तारकेश्वर नगरपालिकामा पछिल्लो २४ घन्टामा कोरोना संक्रमितको संख्या १६९८ पुगेको छ । तारकेश्वर नगर स्वास्थ्य साखाका अनुसार ७१७ महिला र ९८१ पुरुष रहेका छन् । निको हुनेहरुको संख्या ३३५ महिला र ४०८ पुरुष गरी ७४३ जना रहेका छन् । अहिलेसम्म ६ जनाको मृत्यु भएको छ । संक्रिय संक्रमितको संख्या महिला ३८० र पुरुष ५७० जना गरी ९५० जना पुगेका छन् ।

    तारकेश्वर नगरपालिकाले अहिलेसम्म ३२६६ जनाको पिसिआर परिक्षण गरेको छ । तारकेश्वर नगरपालिकामा ९१२ जना होम आइसोलेसनमा बसेका छन् । अस्पतालको आइसोलेसनमा २५ जना रहेका छन् । कोभिड सेन्टरमा १० जना रहेका छन् । होटल आइसोलेसनमा १ जना र २ जना अफिस आइसोलेसनमा रहेका छन् । तारकेश्वरमा कन्ट्याक ट्रेसिङबाट ४७० जनामा पिसिआर पोजेटिभ देखिएको थियो ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै