• TOKHA LIVE

    • २४ कार्तिक २०७७, सोमबार ०५:११

    तारकेश्वर ९ को पुरानो वस्ति मनमैजुमा १० लाखमा ‘मुस्या प्वा होम फल्चा’ निर्माण कार्य अन्तिम चरणमा

    टाेखा लाइभ कात्तिक२४।

    तारकेश्वर वडा नं. ९ को मनमैजु (फुसिंख्य )मन्दिर नजिकै ‘मुस्वा प्वा होम फल्चा’ निर्माण कार्य हाल अन्तिम चरणमा पुगेको छ । तारकेश्वर ९ नं. वडाको वडा स्तरीय दस लाख रकम बजेटमा उक्त ‘मुस्वा प्वा होम फल्चा’ धमाधम निर्माण भइरहेको छ ।
    तारकेश्वर नगरपालिकाले आफ्नो नगरपालिका भित्रका कला संस्कृति जगेर्ना गर्दै सुन्दर समाज निर्माण गर्ने क्रममा तानपा–९ मनमैजु मन्दिरको गेट नजिक ‘मुस्या प्वा होम फल्चा’ निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । उक्त कार्यको अनुगमन वडा सदस्य सानू महर्जनले गर्दै आएका छन् । निर्माण कार्यमा समाजसेवि सरिज महर्जन लगायतको टिम सक्रियतापूर्वक लागेका छन् ।

    तारकेश्वर ९ को मनमैजु पुरानो वस्ती नेवारी संस्कृति र सम्पदाहरुले भरिपुर्ण परापूर्वदेखि नै सम्पन्न सांस्कृतिक क्षेत्र भित्र पर्दछ । जहाँ इन्द्रायणी माइ अजिमा मन्दिर विराजमान छन् । प्रत्येक वर्ष बालाजु बाइसधारा स्नान मेला (ल्हुती पुन्ही)संगै यहाँ बिस्केट जात्रा/ बिस्का:नख: धुमधामका साथ सुरुहुने परम्परा रहि आएको छ। उक्त क्षेत्रमा २०७२ सालको महाभूकम्पले क्षति भएका देवलहरुको पुनर्निर्माण गर्ने क्रममा हाल इन्द्रायणी माइ अजिमा मन्दिर बस्ने मुल घर ( द्य:छें ) पनि परम्परागत कलात्मक मौलिक शैलीमा पुन: निर्माण सम्पन्न भैसकेको छ। हाल स्थानीय सरकार आइसकेपश्चात तारकेश्वर नगरपालिकाले नगर भित्रका कला संस्कृति सम्पदा
    जगेर्ना गर्दै धमाधम निर्माण प्रक्रियालाई अघि बढाउदै संरक्षण गरिरहेको छ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै