टाेखा लाइभ कार्तिक २१ ।
कामनपा १६ र तारकेश्वर नगरपालिकाको ११ जोड्ने नेपालटार महादेव खोलामा नव निर्मित पुलको उद्घाटन सम्पन्न भएको छ।
![]()
मंगलबार काठमाडौं महानगरपालिकाको नगर प्रमुख विद्यासुन्दर शाक्य, उप–प्रमुख हरिप्रभा खड्की र तारकेश्वर नगरपालिकाको नगर प्रमुख रामेश्वर बोहराले नेपालटारको महादेव खोलामा निर्माण भएको स्टिल पुलको संयुक्त रुपमा रिबन काटेर पुल उदघाटन गरेका थिए।

तारकेश्वर नगरपालिका वडा नं. ११ को पहलमा नगर पालिकाको आर्थिक वर्ष २०७६/७७ को वार्षिक योजनामा करिव ५४ लाखमा पुल निर्माणको लागि ककनी निर्माण सेवालाई जिम्मा दिएको थियो । उक्त निर्माण कार्य समय अवधिभित्र नै सम्पन्न गरेको हो ।पुल उद्घाटन कार्यक्रममा कामनपा १६ का अध्यक्ष मुकुन्द रिजाल, तारकेश्वर वडा नं. ३ का अध्यक्ष मनोहर तिवारी, ९ का अध्यक्ष बलराम सिटौला, ११ कि अध्यक्ष बिन्दा वुढाथोकी, वडा सदस्य प्रज्वल विक्रम थापा, सिता घले, नीता खड्का लगायतका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा तारकेश्वर नगरपालिकाको शिक्षा शाखा प्रमुख तथा सुचना अधिकारी होमनाथ न्यौपाने सहित इन्जिनियरहरु र स्थानीयको समेत उपस्थिती रहेको थियो।

