• TOKHA LIVE

    • २१ कार्तिक २०७७, शुक्रबार ०८:२१

    तारकेश्वर नगरपालिकामा थप ६० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १६०८ पुग्यो।

    टाेखा लाइभ कात्तिक २१, काठमाडौं ।

    तारकेश्वर नगरपालिकामा पछिल्लो २४ घन्टामा २५ महिला र ३५ पुरुष गरी ६० जनामा कोरोना संक्रमण पुष्टिभए संगै संक्रमितको संख्या १६०८ पुगेकाे छ।

    तारकेश्वर नगर स्वास्थ्य शाखाले दिएको जानकारीअनुसार ६७६ महिला र ९३२ पुरुष रहेका छन् । निको हुनेहरुको संख्या १९२ महिला र २५० पुरुष गरी ४४२ जना रहेका छन् । अहिलेसम्म ६ जनाको मृत्यु भएको छ । संक्रिय संक्रमितको संख्या महिला ४८२ र पुरुष ६७९ जना गरी ११६१ जना पुगेका छन् ।

    तारकेश्वर नगरपालिकाले अहिलेसम्म ३२६६ जनाको पिसिआर परिक्षण गरेको छ । तारकेश्वर नगरपालिकामा ११०० जना होम आइसोलेसनमा बसेका छन् । अस्पतालको आइसोलेसनमा ४० जना रहेका छन् । कोभिड सेन्टरमा १३ जना रहेका छन् । होटल आइसोलेसनमा ६ जना र २ जना अफिस आइसोलेसनमा रहेका छन् । तारकेश्वरमा कन्ट्याक ट्रेसिङबाट ४७० जनामा पिसिआर पोजेटिभ देखिएको थियो ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै