टाेखा लाइभ कात्तिक २०
तारकेश्वर नगरपालिकामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या १५४८ पुगेको छ।
तारकेश्वर नगर स्वास्थ्य साखाले दिएको जानकारीअनुसार ६५१ महिला र ८९७ पुरुष रहेका छन् । निको हुनेहरुको संख्या १७६ महिला र २३८ पुरुष गरी ४१४ जना रहेका छन् । अहिलेसम्म ६ जनाको मृत्यु भएको छ । संक्रिय संक्रमितको संख्या महिला ४७३ र पुरुष ६५६ जना गरी ११२९ जना पुगेका छन् ।
त्यस्तै तारकेश्वर १ मा कोरोना संक्रमितको संख्या २२ जना पुगेको छ निको हुनेको संख्या १३ जना, वडा नं. २ मा ६६ जना १५ जना निको भइसकेका छन् । वडा नं. ३ मा ३९ जना जसमा ११ जना निको भएका छन् । वडा नं. ४ मा १५८ जना जसमा ४४ जना निको भएका छन् । त्यस्तै वडा नंं. ५ मा १२० जना जसमा ३६ जना निको भएका छन् । १ जना महिलाको मृत्यु भएको छ । वडा नं. ६ मा १३५ जनामा कोरोना संक्रमण देखिएको छ भने ३८ जनाको निको भएको छ । १ जना महिलाको मृत्यु भएको छ । वडा नं. ७ मा आज ८० जनामा कोरोना संक्रमण देखिएको छ जसमा १३ जना निको भएका छन् ।
वडा नं. ८ मा १८० जना ४३ जना निको भएका छन् भने १ जना पुरुषको मृत्यु भएको छ । वडा नं. ९ मा २१२ जना र निको हुनेको संख्या ५२ पुगेको छ । वडा नं. १० मा २४९ जना जसमा ८६ जना निको भएका छन् । वडा नं. ११ मा २८७ जना ६३ जना निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ । तारकेश्वर नगरपालिकामा पछिल्लो २४ घण्टामा १९ महिला र २४ पुरुष गरी ४३ जनामा कोरोना पुष्टि भएको छ ।
तारकेश्वर नगरपालिकाले अहिलेसम्म ३२६६ जनाको पिसिआर परिक्षण गरेको छ । तारकेश्वर नगरपालिकामा १०६९ जना होम आइसोलेसनमा बसेका छन् । अस्पतालको आइसोलेसनमा ३९ जना रहेका छन् । कोभिड सेन्टरमा १३ जना रहेका छन् । होटल आइसोलेसनमा ६ जना र २ जना अफिस आइसोलेसनमा रहेका छन् । तारकेश्वरमा कन्ट्याक ट्रेसिङबाट ४७० जनामा पिसिआर पोजेटिभ देखिएको थियो ।

