टाेखा लाइभ कार्तिक १९,
तारकेश्वर नगरपालिकामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टिभए संगै, संक्रमितको संख्या १५०५ पुगेकाे छ।
तारकेश्वर नगर स्वास्थ्य साखाले दिएको जानकारीअनुसार ६३२ महिला र ८७३ पुरुष रहेका छन् । निको हुनेहरुको संख्या १७४ महिला र २३५ पुरुष गरी ४०९ जना रहेका छन् । अहिलेसम्म ६ जनाको मृत्यु भएको छ । संक्रिय संक्रमितको संख्या महिला ४५६ र पुरुष ६३५ जना गरी १०९१ जना पुगेका छन् ।
त्यस्तै तारकेश्वर १ मा कोरोना संक्रमितको संख्या २२ जना पुगेको छ निको हुनेको संख्या १३ जना,
वडा नं. २ मा ६६ जना १५ जना निको भइसकेका छन् । वडा नं. ३ मा ३९ जना जसमा ११ जना निको भएका छन्। वडा नं. ४ मा १५३ जना जसमा ४३ जना निको भएका छन् । त्यस्तै वडा नंं. ५ मा ११८ जना जसमा ३६ जना निको भएका छन् ।१ जना महिलाको मृत्यु भएको छ ।
वडा नं. ६ मा १३४ जनामा कोरोना संक्रमण देखिएको छ भने ३८ जनाको निको भएको छ । १ जना महिलाको मृत्यु भएको छ । वडा नं. ७ मा आज ७२ जनामा कोरोना संक्रमण देखिएको छ जसमा १३ जना निको भएका छन् ।
वडा नं. ८ मा १७० जना ४१ जना निको भएका छन् भने १ जना पुरुषको मृत्यु भएको छ । वडा नं. ९ मा २१० जना र निको हुनेको संख्या ५१ पुगेको छ । वडा नं. १० मा २३६ जना जसमा ८५ जना निको भएका छन् । वडा नं. ११ मा २८५ जना ६३ जना निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ । तारकेश्वर नगरपालिकामा पछिल्लो २४ घण्टामा १३ महिला र ३१ पुरुष गरी ४४ जनामा कोरोना पुष्टि भएको छ ।
तारकेश्वर नगरपालिकामा १०३१ जना होम आइसोलेसनमा बसेका छन् । अस्पतालको आइसोलेसनमा ३९ जना रहेका छन् । कोभिड सेन्टरमा १३ जना रहेका छन् । होटल आइसोलेसनमा ६ जना र २ जना अफिस आइसोलेसनमा रहेका छन् । तारकेश्वरमा कन्ट्याक ट्रेसिङबाट ४७० जनामा पिसिआर पोजेटिभ देखिएको थियो ।तारकेश्वर नगरपालिकाले अहिलेसम्म ३२६६ जनाको पिसिआर परिक्षण गरिसकेको छ।

