• TOKHA LIVE

    • १८ कार्तिक २०७७, मंगलवार ०६:३१

    तारकेश्वर नगरपालिकामा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या १४६१ पुग्यो:-

    टाेखा लाइभ कात्तिक १८ काठमाडौं ।

    तारकेश्वर नगरपालिकामा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या १४६१ पुगेकाे छ।

    तारकेश्वर नगर स्वास्थ्य साखाले दिएको जानकारी अनुसार ६१९ महिला र ८४२ पुरुष रहेका छन् । निको हुनेहरुको संख्या १७३ महिला र २२७ पुरुष गरी ४०० जना रहेका छन् । अहिलेसम्म ६ जनाको मृत्यु भएको छ । संक्रिय संक्रमितको संख्या महिला ४४४ र पुरुष ६१२ जना गरी १०५६ जना पुगेका छन् ।

    त्यस्तै तारकेश्वर १ मा कोरोना संक्रमितको संख्या २२ जना पुगेको छ निको हुनेको संख्या १३ जना, वडा नं. २ मा ६६ जना १५ जना निको भइसकेका छन् । वडा नं. ३ मा ३९ जना जसमा ११ जना निको भएका छन् । वडा नं. ४ मा १४४ जना जसमा ४१ जना निको भएका छन् । त्यस्तै वडा नंं. ५ मा १११ जना जसमा ३४ जना निको भएका छन् । १ जना महिलाको मृत्यु भएको छ । वडा नं. ६ मा १२९ जनामा कोरोना संक्रमण देखिएको छ भने ३८ जनाको निको भएको छ । १ जना महिलाको मृत्यु भएको छ । वडा नं. ७ मा आज ६९ जनामा कोरोना संक्रमण देखिएको छ जसमा १२ जना निको भएका छन् ।

    वडा नं. ८ मा १६० जना ४० जना निको भएका छन् भने १ जना पुरुषको मृत्यु भएको छ । वडा नं. ९ मा २०७ जना र निको हुनेको संख्या ५१ पुगेको छ । वडा नं. १० मा २३५ जना जसमा ८५ जना निको भएका छन् । वडा नं. ११ मा २७९ जना ६० जना निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ । तारकेश्वर नगरपालिकामा पछिल्लो २४ घण्टामा १३ महिला र २८ पुरुष गरी ४१ जनामा कोरोना पुष्टि भएको छ ।

    तारकेश्वर नगरपालिकामा ३२६६ जनाको आजसम्म पिसिआर परिक्षण भइसकेको छ । तारकेश्वर नगरपालिकाले कात्तिक ३ गतेपछि अहिलेसम्म पिसिआर नगरेको कात्तिक ३ गतेको रिपोर्टले देखाउँछ । तारकेश्वर नगरपालिकामा ९९६ जना होम आइसोलेसनमा बसेका छन् । अस्पतालको आइसोलेसनमा ३९ जना रहेका छन् । कोभिड सेन्टरमा १३ जना रहेका छन् । होटल आइसोलेसनमा ६ जना र २ जना अफिस आइसोलेसनमा रहेका छन् । तारकेश्वरमा कन्ट्याक ट्रेसिङबाट ४७० जनामा पिसिआर पोजेटिभ देखिएको थियो ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै