• TOKHA LIVE

    • १७ कार्तिक २०७७, सोमबार १६:१३

    फिलिपिन्समा यो वर्षकै शक्तिशाली आँधी, कम्तिमा १० को मृत्यु

    मनिला । फिलिपिन्समा सन् २०२० को सबैभन्दा शक्तिशाली समुद्री आँधी आएको छ । यसले कम्तिमा १० जनाको ज्यान गएको र थुप्रै मानिस प्रभावित भएको अन्तराष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् ।

    आँधीका कारण तीन लाख ४७ हजारभन्दा धेरै मानिसलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । यहाँ घर र भवन भत्किएका छन् ।

    फिलिपिन्समा प्रतिघण्टा २ सय २५ किलोमिटरको गतिमा हावा र ठूलो वर्षा भएको थियो । बीबीसीका अनुसार आँधी मथ्थर भएको छ ।

    तर, यो दोहोरिन सक्ने चेतावनी मौसमविद्ले दिएका छन् ठूलो संख्यामा मानिसको उद्धार गर्नुपर्ने देखिएपनि कोरोना भाइरसको सङक्रमणको समेत जोखिम रहेका कारण उद्धारमा समस्या आएको बताइएको छ । यो मुलुक आँधीबाट प्रभावित हुने मुलुकमध्ये एक हो ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै