• TOKHA LIVE

    • October 28, 2020

    अमेरिकी चुनावमा कोरोना मुद्दा

    २०७७ कार्तिक १२ गते

    न्यूयोर्क। अमेरिकामा नोभेम्बर ३ मा हुने राष्ट्रपतीय निर्वाचनको मिति नजिकिँदै गर्दा रणनीतिक रुपमा महत्त्वपूर्ण मानिएका राज्यहरूमा चुनावी प्रचारप्रसार कार्यक्रम तीव्र भएको छ।

    राष्ट्रपति डोनल्ड ट्रम्प र उनका प्रतिस्पर्धी डेमोक्र्याटिक दलका जो बाइडन सोमबार पेन्सल्भेनिया राज्यमा आयोजित फरक(फरक चुनावीसभालाई सम्बोधन गरे। कोरोनाभाइरसको महामारीलाई नियन्त्रण गर्न राष्ट्रपति ट्रम्प असफल भएको भन्दै स्वास्थ्य संकटका बेला राष्ट्रलाई नेतृत्व प्रदान गर्न नसकेको बाइडनले बताए।

    अमेरिकामा पछिल्लो समय कोरोनाभाइरसबाट मृत्यु हुनेहरूको संख्या हरेक राज्यमा बढिरहेका बेला राष्ट्रपति ट्रम्पलाई लज्जाबोध पनि हुनुपर्ने टिप्पणी गरे। अन्तिम चरणको प्रचारप्रसारअन्तर्गत इओआ र विस्कन्सिन राज्यहरूको भ्रमण गर्ने पनि बाइडनले बताएका छन्। चुनावीको मुख्य दिनभन्दा अगाडि नै एक तिहाई अमेरिकी मतदाताहरू अग्रिम मतदान गरिसकेका छन्।

    Facebook Comments

  • छुटाउनुभयो कि? सबै