तारकेश्वर नगरपालिकामा १७ करोडको लागतमा अत्याधुनिक प्रशासकीय भवन बन्ने भएको छ । तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिव लम्सालले ३० महिनाभित्र काम सम्पन्न गर्ने गरी ठेकेदारसँग असोज २९ गते सम्झौता गरेका छन् ।
तारकेश्वर नगरपालिकाको गौरवको योजना अन्तर्गत १७ करोडको लागतमा अत्याधुनिक प्रशासनिक भवन बन्न लागेको हो। तारकेश्वर नगरपालिकाको भवन निर्माणको लागि जिल्ला समन्वय समितिबाट ६० प्रतिशत र नपुग ४० प्रतिशत रकम तारकेश्वर नगरपालिकाले व्यहोर्ने शर्तमा भवन निर्माण हुनेछ।





