• TOKHA LIVE

    • ३ कार्तिक २०७७, सोमबार ०५:४८

    विश्व कीर्तिमानको तयारीमा जुट्दै ललितकलाका कलाकार:-

    टाेखा लाइभ कात्तिक ३, २०७७
    विश्व कीर्तिमान राख्ने योजनाका साथ १०० घण्टा (चार दिन चार रात र चार घण्टा) लगातार ‘अनलाइन कला कार्यशाला’ आयोजना गर्न लागिएको हो।
    यसअघि ७२ घण्टा कार्यशाला आयोजना भएको अभिलेख छ।
    कार्यशालामा बनेका कलाकृतिको प्रदर्शनी, सहभागी कलाकारको चिनारी पुस्तक प्रकाशन र भिडिओ प्रदर्शनीसमेत गरिने छ।

    काठमाडाैं। ललितकलाका क्षेत्रमा विश्व कीर्तिमान राख्ने तयारीमा नेपाली कलाकारहरु जुटेका छन्।

    अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालको अगुवाइमा विश्व अभिलेख राख्ने योजनाका साथ १०० घण्टा (चार दिन चार रात र चार घण्टा) लगातार ‘अनलाइन कला कार्यशाला’ आयोजना गर्न लागिएको हो।

    समाजले आज पत्रकार सम्मेलन गरी उक्त कार्यशालाबारे जानकारी गराएको हो। यसअघि ७२ घण्टा कार्यशाला आयोजना भएको अभिलेख छ।

    कोभिड-१९ को सङ्क्रमण र यसले निम्त्याएको मानवीय समस्यालाई विश्व एक भएर लड्न आव्हान गर्दै यही कात्तिक २३, २४, २५ र २६ गते ७२ जना कलाकारको सहभागितामा १०० घण्टे ‘अनलाइन कला कार्यशाला’ आयोजना हुने आइडब्लुएस नेपालका अध्यक्ष एनबी गुरुङले जानकारी दिए। उनले कार्यशालाबारे गिनिज बुक अफ वर्ल्ड रेकर्डसँग पत्राचारको काम भइरहेको बताए।

    उक्त कार्यक्रमले नेपाली ललितकला र त्यसमा काम गर्ने कलाकारलाई विश्वसामु चिनाउने र नेपाली कलाको शीर ठाडो पार्ने विश्वास लिइएको छ। यसका लागि ७२ जना नेपाली कलाकार छनोट भइसकेको र आवश्यक तयारी शुरु भएको आइडब्लुएस नेपालका सचिव केशवराज खनालले जानकारी दिए।

    कार्यशालामा बनेका कलाकृतिको प्रदर्शनी, सहभागी कलाकारको चिनारी पुस्तक प्रकाशन र भिडिओ प्रदर्शनीसमेत गरिने छ। कला समीक्षक रमेश खनालले १०० घण्टा लामो कला कार्यशालाले नेपालको गरिमा बढाउने विश्वास व्यक्त गरे। रासस

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै