• TOKHA LIVE

    • २५ आश्विन २०७७, आईतवार १४:१९

    तारकेश्वरमा कोरोना संक्रमितको संख्या ७८२ पुग्यो, सबैभन्दा बढि सक्रिय संक्रमित तारकेश्वर ११ मा ९८ जना, आज मात्र १२ जना थपिए:-

     

    तारकेश्वरमा कोरोना संक्रमण भई निको हुनेको संख्या १५४ महिला र १९५ पुरुष गरी ३४९ जना रहेका छन् ।

    टाेखा लाइभ
    २५ असोज, काठमाडौं ।

    तारकेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या ७८२ पुगेको छ । तारकेश्वर नगर स्वास्थ्य साखाकोअनुसार जसमा ३२२ महिला र ४६० पुरुष रहेका छन् । निको हुनेहरुको संख्या १५४ महिला र १९५ पुरुष गरी ३४९ जना रहेका छन् । अहिलेसम्म ५ जनाको मृत्यु भएको छ । संक्रिय संक्रमितको संख्या महिला १६६ र पुरुष २६२ जना गरी ४२८ जना पुगेका छन् ।

    त्यस्तै तारकेश्वर १ मा कोरोना संक्रमितको संख्या १५ जना पुगेको छ निको हुनेको संख्या ११ जना, वडा नं. २ मा ३७ जना १३ जना निको भइसकेका छन् । वडा नं. ३ मा १६ जना जसमा ८ जना निको भएका छन् । वडा नं. ४ मा ७० जना जसमा ३० जना निको भएका छन् । त्यस्तै वडा नंं. ५ मा ६४ जना जसमा ३३ जना निको भएका छन् । १ जना महिलाको मृत्यु भएको छ । वडा नं. ६ मा ७२ जनामा कोरोना संक्रमण देखिएको छ भने २८ जनाको निको भएको छ । १ जना महिलाको मृत्यु भएको छ । वडा नं. ७ मा आज ३८ जनामा कोरोना संक्रमण देखिएको छ जसमा १२ जना निको भएका छन् ।

    वडा नं. ८ मा ७९ जना ३४ जना निको भएका छन् भने १ जना पुरुषको मृत्यु भएको छ । वडा नं. ९ मा ११२ जना र निको हुनेको संख्या ४४ पुगेको छ । वडा नं. १० मा १३० जना जसमा ८७ जना निको भएका छन् । वडा नं. ११ मा १४९ जना ४९ जना निको भएका छन् भने २ जना पुरुषको मृत्यु भएको छ । तारकेश्वर नगरपालिकामा पछिल्लो २४ घण्टामा ४ महिला र ८ पुरुष गरी १२ जनामा कोरोना पुष्टि भएको छ ।

    तारकेश्वर नगरपालिकामा २४३१ जनाको आजसम्म पिसिआर परिक्षण भइसकेको छ । तारकेश्वर नगरपालिकामा ३९० जना होम आइसोलेसनमा बसेका छन् । अस्पतालको आइसोलेसनमा २२ जना रहेका छन् । कोभिड सेन्टरमा ९ जना रहेका छन् । होटल आइसोलेसनमा ५ जना र १ जना अन्य स्थानमा रहेका छन् । तारकेश्वरमा कन्ट्याक ट्रेसिङबाट २८० जनामा पिसिआर पोजेटिभ देखिएको थियो ।- फरकपत्रबाट

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै