• TOKHA LIVE

    • २१ आश्विन २०७७, बुधबार १४:५९

    हेपाटाइटिस भाइरस पत्ता लगाउने ३ वैज्ञानिकहरूलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार

    टोखा लाइभ । चिकित्साशास्त्रतर्फ यस वर्षको नोबेल पुरस्कार हेपाटाइटिस सी भाइरस पत्ता लगाउने तीनजना वैज्ञानिकहरूलाई दिने घोषणा सोमवार गरिएको छ ।

    हार्भे जे अल्टर, माइकल हफ्टन र चार्ल्स एम राइसलाई पुरस्कार दिने घोषणा नोबेल पुरस्कार समितिले गरेको हो ।

    यी वैज्ञानिकहरूको आविष्कारका कारण हेपाटाइटिस सी भाइरसको उपचार सम्भव भएको छ । उनीहरूले हेपाटाइटिस दीर्घरोगका केसहरूको कारण पत्ता लगाएका थिए । त्यसलगत्तै रगतको परीक्षण तथा नयाँ औषधिहरू सम्भव बने र लाखौं जीवन जोगिए ।
    रगतमा हुने हेपाटाइटिस संसारकै प्रमुख स्वास्थ्य समस्या हो जसले गर्दा सिरोसिस अर्थात् आन्तरिक रक्तस्राव र कलेजोको क्यान्सर हुन्छ ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै