• TOKHA LIVE

    • २० आश्विन २०७७, मंगलवार ०४:३५

    तारकेश्वरमा कोरोना संक्रमितको संख्या ६१० पुग्यो, सबैभन्दा बढि सक्रिय संक्रमित तारकेश्वर ९ मा ५९ जना थपिए:-

     

    तारकेश्वरमा कोरोना संक्रमण भई निको हुनेको संख्या १४० महिला र १६२ पुरुष गरी ३०२ जना रहेका छन् ।

    टाेखा लाइभ असोज २० , काठमाडौं ।
    तारकेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या ६१० पुगेको छ । तारकेश्वर नगर स्वास्थ्य साखाकोअनुसार जसमा २५२ महिला र ३३५ पुरुष रहेका छन् । निको हुनेहरुको संख्या १४० महिला र १६२ पुरुष गरी ३०२ जना रहेका छन् । अहिलेसम्म २ जनाको मृत्यु भएको छ । संक्रिय संक्रमितको संख्या महिला ११७ र पुरुष १८९ जना गरी ३०६ जना पुगेका छन् ।

    त्यस्तै तारकेश्वर १ मा कोरोना संक्रमितको संख्या १५ जना पुगेको छ निको हुनेको संख्या १० जना, वडा नं. २ मा ३० जना ११ जना निको भइसकेका छन् । वडा नं. ३ मा १३ जना जसमा ७ जना निको भएका छन् । वडा नं. ४ मा ५८ जना जसमा २६ जना निको भएका छन् । त्यस्तै वडा नंं. ५ मा ५५ जना जसमा २९ जना निको भएका छन् । वडा नं. ६ मा ४२ जनामा कोरोना संक्रमण देखिएको छ भने २१ जनाको निको भएको छ । वडा नं. ७ मा आज २५ जनामा कोरोना संक्रमण देखिएको छ जसमा ११ जना निको भएका छन् ।

    वडा नं. ८ मा ६२ जना ३० जना निको भएका छन् भने १ जना पुरुषको मृत्यु भएको छ । वडा नं. ९ मा ९३ जना र निको हुनेको संख्या ३४ पुगेको छ । वडा नं. १० मा ११५ जना जसमा ८० जना निको भएका छन् । वडा नं. ११ मा १०२ जना ४३ जना निको भएका छन् भने १ जनाको मृत्यु भएको छ । तारकेश्वर नगरपालिकामा पछिल्लो २४ घण्टामा ५ महिला र १८ पुरुषमा कोरोना पुष्टि भएको छ ।

    तारकेश्वर नगरपालिकामा २०९७ जनाको आजसम्म पिसिआर परिक्षण भइसकेको छ । तारकेश्वर नगरपालिकामा २७३ जना होम आइसोलेसनमा बसेका छन् । अस्पतालको आइसोलेसनमा १७ जना रहेका छन् । कोभिड सेन्टरमा १२ जना रहेका छन् । होटल आइसोलेसनमा २ जना र १ जना अन्य स्थानमा रहेका छन् । तारकेश्वरमा कन्ट्याक ट्रेसिङबाट २२६ जनामा पिसिआर पोजेटिभ देखिएको थियो ।- फरकपत्रबाट

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै