• TOKHA LIVE

    • ११ आश्विन २०७७, आईतवार १८:४३

    शिवपुरीका विभिन्न स्थानमा बटुवालाई पानी खान परम्परागत ढुंगेधारा निर्माण


    –टोखा लाइभ समाचारदाता–
    गुर्जे भञ्ज्याङ । वारी काठमाडौँको टोखा नगरपालिका, पारी नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका रहेको शिवपुरी राष्ट्रिय निकुञ्ज रहेको डाँडामा जुनसुकै मौसम र याममा बटुवाहरु आवत–जावत गरिरहन्छन् । काठमाडौँवासी र नुवाकोवासीको साझा चौतारी जस्तै हो शिवपुरी जङ्गल ।


    परम्परागत रुपमै काठमाडौको टोखावासी र नुवाकोटवासीबीच दैनिक उपभोग्य सामाग्रीको लेनदेन र कारोवार चल्दै आएको छ । काठमाडौँबाट नुन, तेल, औषधी जस्ता वस्तु लाने र नुवाकोटवाट विभिन्न अन्न र पशु धन ल्याउन कारोवार गर्ने गरेको भुक्तभोगी उपभोक्ताहरु बताउँछन् ।
    सांस्कृतिक संरक्षित क्षेत्र टोखास्थित अमर मा. वि. का प्रधान अध्यापक हरि दास श्रेष्ठ यस्तै भुक्तभोगी मध्ये एक हुन् । आफ्ना बाजेले त्यस्तै व्यापार गर्ने क्रममा ३० को दशकमा आफ्नो बाल्यकाल नुवाकोटको छहरेको बजारमा बितेको उहाँ स्मरण गर्नुहुन्छ ।


    त्यस्तो परम्परागत व्यापार अहिले पनि निरन्तर जारी छ । दिनहुँ सैयौँको संख्यामा बटुवाहरु वारिपारी गरिहन्छन् । त्यसरी विभिन्न आवश्यकीय सामानका भारी बोकेर उकाली ओराली गरिरहने बटुवाका लागि बाटोमा थकाई मेटेर तिर्खा मेट्न अहिले ठाउँ ठाउँमा परम्परागत शैलीमा ढुंगे धाराहरु बनाइएका छन् ।


    स्थानीयवासीकै जागरुकतामा बनाइएका त्यस्ता धाराहरु नुवाकोटतर्फ शिवपुरी गाउँपालिका अन्तर्गत वडा नम्बर ६ र ७ का तामाङ गाउँ, गुरुङ गाउँ र समुन्द्रादेवीमा निर्माण गरिएका छन् । त्यसका लागि सहकार्य स्वरुप टोखा संस्कृति सम्पदा संरक्षण दबूले सहयोग पु¥याएको छ । दबूका अध्यक्ष मनिराज डङ्गोलका अनुसार टोखा र नुवाकोटबीच नँग र मासु जस्तै सम्बन्ध रहँदै आएको छ । परम्परागत जनस्तरको सम्बन्धलाई अझै मजबूत बनाउँदै संस्कृति र सम्पदाको संरक्षण गर्दै जाने क्रममा आफूहरु नुवाकोटसित सहकार्य गर्न पुगेको उहाँको भनाई रहेको छ ।
    यसै क्रममा शनिबार टोखा संस्कृति सम्पदा संरक्षण दबूको टोलीले निर्मित ढुंगेधाराहरुको अवलोकन गर्नुभयो । टोलीमा टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठका साथै मु :ध्वाखा खलका कोषाध्यक्ष राम डंगोल र सदस्य कृष्णहरि श्रेष्ठको संलग्नता थियो ।


    यसै क्रममा स्थानीय तीनधारामा तीनवटै नयाँ धारा बनाएर पानी झारिएको छ । त्यसक्रममा स्थानीय युवाहरु उत्साहित हुँदै अरु पनि धारा बनाउने योजना रहेको बताए ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै