• TOKHA LIVE

    • ८ आश्विन २०७७, बिहीबार १२:३१

    राष्ट्रिय नागरिक विकास समाजद्वारा तारकेश्वर नगरपालिकालाई एम्वुलेन्स र स्वास्थ्य सामाग्री हस्तान्तरण :-


    facebook sharing button
    twitter sharing button
    pinterest sharing button
    email sharing button
    sharethis sharing button

    टाेखा लाइभ असोज ८ काठमाडौं ।

    विगतदेखि नै सामाजिक कार्यमा सक्रिय राष्ट्रिय नागरिक विकास समाजले तारकेश्वर नगरपालिकालाई एम्बुलेन्स र स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । स्वास्थ्य सामाग्रीहरुमा ५०० थान माक्स, ५ लिटर सेनिटाइजर र २ बक्स ग्लोवस लगायतका सामाग्री रहेका छन् ।

    बुधबार तारकेश्वर नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच नागरिक विकास समाजका अध्यक्ष महेशजंग कुवँरले तारकेश्वर नगरका नगर प्रमुख रामेश्वर बोहोरालाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन् । एक आर्थिक वर्षका लागि सम्झौता गरेर संस्थाले नगरपालिकालाई एम्बुलेन्स दिएको हो ।

    तारकेश्वर नगरपालिकाको नगर स्वास्थ्य साखाको मातहतमा एम्वुलेन्स रहनेछ । अहिलेसम्म तारकेश्वर नगरपालिकामा कोरोना संक्रमित बिरामीलाई बोक्दै आएको एउटा मात्र एम्वुलेन्स थियो । नगरपालिकाले अहिले पाएको एम्वुलेन्सको व्यवस्थापन भने तारकेश्वर नगरपालिकाले आफैंले गर्नुपर्नेछ । नगर स्वास्थ्य प्रमुख जनार्दन अधिकारीकाअनुसार उक्त एम्वुलेन्समा कोरोनाका बिरामी बोक्ने नभएर अन्य केसका बिरामीहरु बोक्नका लागि प्रयोग गरिनेछ ।

    एम्वुलेन्स हस्तान्तरणपछि कार्यक्रममा बोल्दै नागरिक विकास समाजका अध्यक्ष महेशजंग कुँवरले नगरभित्रका बासिन्दाहरूलाई सहज रुपमा एम्बुलेन्सको उपलब्धता गराउन एम्बुलेन्स हस्तान्तरण गरिएको बताए । कार्यक्रममा नगरका प्रमुख रामेश्वर बोहोराले एम्बुलेन्स उपलब्ध गराएकोमा संस्थालाई धन्यवाद दिँदै यस कार्यले तारकेश्वर नगरका बासिन्दालाई सुविधा हुने विश्वास व्यक्त गरे ।

    कार्यक्रममा नगर उप–प्रमुख भवानी डोटेल धिताल, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालका साथै चिरायु अस्पतालका अप्रेसन डाइरेक्टर चण्डेश्वर वैद्य, राष्ट्रिय नागरिक समाजका सल्लाहकार राजु श्रेष्ठ, राजेश्वरी श्रेष्ठ साथै केन्द्रीय सदस्यहरू बेखुनारायण श्रेष्ठ, रिता श्रेष्ठ, बिकास थापा लगायतका अभियान्ताहरूको उपस्थिति रहेको थियो।–फरकपत्रबाट

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै