• TOKHA LIVE

    • ८ आश्विन २०७७, बिहीबार १०:४२

    यस्तो छ गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनलको डिजाइन

    टाेखा लाइभ असोज ८ काठमाडौं ।

    पर्यटन मन्त्री योगेश भट्टराईले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवनको डिजाइन सार्वजनिक गरेका छन् ।

    सोमबार आफ्नो फेसबुक वालबाट उनले विमानस्थलको दोस्रो टर्मिनलको डिजाइन सार्वजनिक गर्दै भनेका छन्, ‘गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थल भैरहवामा दोश्रो टर्मिनल भवनको निर्माणको तयारी शुरु भएको छ । टर्मिनलका बिभिन्न डिजाइनमा यहाँहरुको सुझाबका अपेक्षा गरिएको छ ।’

    उनले कस्तो डिजाइन उपयुक्त हुन्छ भन्दै सुझाव पनि मागेका छन् । दोस्रो टर्मिनल भवन हाल बनेको नयाँ टर्मिनल भवनबाट पश्चिमतर्फ र घाँघरा खोला भन्दा पूर्वपट्टि बन्नेछ । उक्त स्थान भैरहवा–लुम्बिनी सडक खण्डको दक्षिणतर्फ सडक छेउमै पर्दछ ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै