छिमेकी
-नम्रता उप्रेती/साहित्यकार
छिमेकी तिमी
उदण्ड भयौ
हामी हेरि रह्यौं
हाम्रो भूमि मिच्यौ
हामी हेरि रह्यौं
सिमा भित्र सैनिक राख्यौ
सुस्तामा खेलवाड गर्यौ
ईलामको टाकुरामा धावा बोल्यौ
हामीले केहि भनेनौं
लिपुमा बाटो खोल्यौ
कालापानीमा अड्डा जमायौ
लिम्पियाधुरा आफ्नो बनायौ
भूमि मिच्यौ
नक्शा मिच्यौ
नेपाल आमाको छातीमा लात्ती बजार्यौ
हाम्रो कमजोर संयन्त्रको फाईदा उठाउँदै
तिनै तिरबाट मुक्का हान्यौ
हामी सहिरह्यौं
हाम्रा नेतालाई काबुमा राख्यौ
ललाई फकाई गर्यौ, प्रलोभनमा पार्यौ
हाम्रा नदीनालामा अधिकार जमाउन खोज्यौ
हाम्रो बुद्द भूमि मास्न खोज्यौ
नक्कली लुम्बिनी खडा गर्यौ
हाम्रो कोशी हडप्यौ
हाम्रो महाकाली हडप्यौ
हाम्रो गण्डकी बाट फाईदा लुट्यौ
हामी हेरिरह्यौं
हाम्रा पानीका निकास बन्द गर्यौ
दशगजाका खम्बा सार्यौ
कैयौं मास्यौ, लडायौ
बाटो बनायौ, ड्याम लगायौ
हाम्रो उर्वर भूमि चुर्लुम्म डुबायौ
हाम्रो तराई बालुवा बनायौ
हाम्रा उत्पादन अर्थहिन बनायौ
अदुवा, अलैचि निकासी बन्द गर्यौ
हाम्रा अनाज सडायौ
हेरिरह्यौं
तिमीले
प्रवुद्द बर्गको सुझाव सुनेनौ
नेपाली जनताको सोझो व्यवहार मानेनौं
हाम्रो अस्मिता मुल्यहिन ठान्यौ
सार्वभौम सत्तामाथी धावा बोल्यौ
छिमेकीको व्यवहार बिर्स्यौ
आफूलाई सर्वेसर्वा ठान्यौ
तर नबिर्स
हिजो तिमी गुलाम थियौ
हामी स्वतन्त्र थियौं
तिमी मुन्टो लुकाउँथ्यौ
हामी छाती फुकाउथ्यौं
तिमी दुलोमा लुक्थ्यौ
हामी मैदानमा उभिन्थ्यौं
तिमी काँतर थियौ
हामी निडर थियौं
तिमी अंग्रेजको मुख ताक्थ्यौ
हामी अंग्रेजलाई धपाउथ्यौं
तिमी रोएर बस्थ्यौ
हामी गौरवका कथा सुनाउँथ्यौं
त्यसैले
नेपाली जनताको स्वाभिमानमा चोट नपुर्याउ
नेपाली चेलीको अपमान नगर
यदि तिमीले
यस्तै उदण्ड मच्चाई रहन्छौ भने
हाम्रो खुन तात्नेछ
वीर गोर्खालीको रगत उम्लने छ
जसको भेलले तिम्रो हिन्दुस्तान
नबुडाउला भन्न सकिन्न
हाम्रो गौरव ईतिहास
नदोहोरियला भन्न सकिन्न
कुनै साम्राज्य सामु नझुक्कने शीर
तिम्रो अघि झुक्नेछ भनेर कल्पना नगर
तिमी भ्रममा नपर
तसर्थ
अब हामी टुलुटुलु हेर्दैनौ
नेपाली हुन् हेरेर बस्दैनन्
आई लाग्ने माथी जाई पनि लाग्छन्
यि बाघका डमरुहरु फुक्छन्
हाम्रो भूमि छोड्न
तयार भएर बस
होसियार भएर बस
नम्रता उप्रेती

