• TOKHA LIVE

    • १३ माघ २०७७, मंगलवार १०:५९

    आपत्तिजनक अवस्थामा भेटेपछि पर–पुरुषसँग मिलेर श्रीमान्को हत्या, महिला पक्राउ:-

     

    काठमाडौं माघ १३,

    पर–पुरुषसँग मिलेर श्रीमानको हत्या गर्ने महिलालाई प्रहरीले ७ वर्षपछि पक्राउ गरेको छ । काठमाडौंको मातातिर्थका सानोकाजी तामाङको हत्यामा संलग्न उनकी पत्नी पूर्णलक्ष्मी तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।

    साविक मातातिर्थ गाविस–६ बस्ने ६० वर्षीय सानोकाजीलाई ०७० पुसमा वडा नम्बर–९ घर भएका विशाल तामाङ र पूर्णलक्ष्मी मिलेर हत्या गरेका थिए ।

    विशाल र पूर्णलक्ष्मी विवाहेत्तर सम्बन्धमा थिए । ०७० पुस २१ मा सानोकाजीले उनीहरुलाई आपत्तिजनक अवस्थामा भेटेपछि विवाद भयो । विवादपछि उनीहरुले सानोकाजीको हत्या गरेको अदालतको ठहर छ ।

    ५५ वर्षीया पूर्णलक्ष्मीलाई ०७४ मा उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंको फैसला बदर गर्दै ३ महिना २७ दिन कैद हुने फैसला गरेको थियो ।

    काठमाडौंको कुलेश्वरबाट पक्राउ परेकी पूर्णलक्ष्मीलाई अदालतको अनुमती लिएर कारागार चलान गरिने एसपी बस्नेतले बताए ।

    हत्यापछि भागेर मकवानपुरगढी मा घरजम गरेर बसेका विशाल तामाङलाई महानगरीय प्रहरी परिसरको टोलीले गत मंसिरमा पक्राउ गरेको थियो । विशाललाई अदालतले १८ वर्ष ३ महिना कैद सजायको फैसला गरेको छ ।- रातोपातीबाट

    Facebook Comments

    सम्बन्धित खवर

    आज श्रावण १५ अर्थात खिर खाने दिन:

    जादुको हा“डी

    लकडाउनले दिएको सुत्केरीको पिडा :-

    छुटाउनुभयो कि? सबै