Trending now
टोखाबाट देखिए उत्तरतर्फका हिमाल, सुनौलो किरणले हिमशृङ्खला चम्किए
२०८३ कार्तिक १४, शनिवार
१५ वर्षपछि टोखामा सामूहिक म्हः पूजा हुँदै, नेवाः गुथिले थाल्यो तयारी
२०८३ कार्तिक १४, शनिवार
वर्षाका कारण एनपीएलको खेल रद्द, लुम्बिनी र चितवनले अंक बाँडे
२०८३ कार्तिक १४, शनिवार
प्रहरी धरपकड र पक्राउविरुद्ध पत्रकारहरु सडकमा
२०८३ कार्तिक १४, शनिवार
‘काठमाडौं कथा नै कथामा बाँचेको सहर हो’ : कार्यवाहक प्रमुख डंगोल
२०८३ कार्तिक १४, शनिवार
टाेखा लाइभ,असार १९
बोल्न पाइयो भन्दैमा प्याच नबोल्नु, बस्न पाइयो भन्दैमा थ्याच्च नबस्नु भन्ने एउटा भनाई नै छ नि जुन हाम्रो जीवनमा परस्पर लागु हुने गर्दछ । किनकि हाम्रो जे कुरा पनि नसोची गर्ने बानी छ । जसले गर्दा हामि पछुताईरहनु परेको छ । कहिल्यै पनि अरुको अगाडी आफुलाई बुद्दिमान हु भन्ने नदेखाउनुहोस्, कहिल्यै पनि मा अरु भन्दा चलाख छु भनेर पनि देखाउन नखोज्नुहोस किनकि बुद्दिमान बन्नुहोस् अरुलाई देखाई राख्नु जरुरि छैन । आजकल राम्रो गर्नेको खुट्टा तान्नेहरुको यहाँ कमिनै छैन । जिन्दगीको हरेक कदममा सोचेर मात्र अघि बढ्नुहोस्, आफुले गरेको कामले भोलि के हुन्छ भनेर सोच्ने गर्नुहोस् ।
एक पटकको कुरा हो, एक स्याल अँध्यारोमा घुमिरहेको थियो । दुर्भाग्यवश ऊ एउटा इनारमा झर्यो । उसले बाहिर आउने निकै प्रयत्न गर्यो तर ऊ सफल हुन सकेन । रातभरी ऊ त्यहि इनारमा बस्न बाध्य भयो । अर्को दिन बिहान एउटा बाख्रा घुम्दै त्यहा आयो । उसले इनारमा नियालेर हेर्दा उसको दृष्टि स्यालमाथी पर्यो ।
“स्यालजी ! तपाई त्यहाँ इनारमा के गरिरहनुभएको छ ?”
“म यहाँ पानी पिउनको लागी आएको हुँ । वास्तवमा पानी निकै चिसो तथा स्वादिष्ट छ । आउनुहोस्, तपाइँ पनि पानी पिएर त हेर्नुहोस्,” स्यालले जवाफ दियो । केहि सोच-बिचार नगरिकन बाख्रो इनारमा हामफाल्यो । पानीको तिर्खा मेटाईसकेपछी ऊ इनारबाट बाहिर निस्किने बाटो खोज्न थाल्यो ।
स्यालले भन्यो, “मैले एउटा उपाय पत्ता लगाएको छु । तपाई पछाडिका खुट्टाहरुमा उभिनुहोस् । मा तपाईको माथी चढेर इनारबाट निस्किनेछु । त्यसपछी म तपाईलाई पनि बाहिर निकाल्नेछु ।” मुर्ख बाख्राले स्यालको कुरा मान्यो र स्याल इनारबाट बाहिर निस्कियो ।
त्यहाँबाट जाने समयमा स्यालले भन्यो, “यदि तपाई बुद्दिमान भएको भए इनारमा हामफाल्नु भन्दा पहिला यसबाट बाहिर कसरी निस्कीने भन्ने कुरा सोच्नुपर्थ्यो ।”
साथीहरु आजकल जो कोहीलाई सफल हुनु छ । यदि तपाई साच्चै सफल बन्न चाहनुहुन्छ भने अरुको हेरेर हैन, म कसरी चलिरहेको छु ? म कुनै पनि कुरालाई कसरी सामना गरिरहेको छु ? यस्ता कुराहरुलाई ध्यानमा राखेर एउटा सकारात्मक कदम चाल्नुहोस जहाँ तपाई कैयौ पटक सोचेर मात्र पाइला चाल्नुहुनेछ । यदि तपाई जुन कुरा गर्नुहुदैछ त्यसले तपाईलाई नोक्सान पुर्याउछ कि पुर्याउदैन ? त्यो कामले आफुलाइ के फाइदा हुन्छ ? भन्ने कुराहरु पनि सोच्नु पर्दछ ।
याद राख्नुहोस् एउटा अल्छे मानिसलाई काम नगर्नका लागी हजारौ बहाना चाहिन्छ तर एक बुद्दिमान मानिसलाई सफल हुनका लागि कुनै एक काम गर्नलाई हजारौ कारण हुन्छन


