Trending now
टोखाबाट देखिए उत्तरतर्फका हिमाल, सुनौलो किरणले हिमशृङ्खला चम्किए
२०८३ कार्तिक १४, शनिवार
१५ वर्षपछि टोखामा सामूहिक म्हः पूजा हुँदै, नेवाः गुथिले थाल्यो तयारी
२०८३ कार्तिक १४, शनिवार
वर्षाका कारण एनपीएलको खेल रद्द, लुम्बिनी र चितवनले अंक बाँडे
२०८३ कार्तिक १४, शनिवार
प्रहरी धरपकड र पक्राउविरुद्ध पत्रकारहरु सडकमा
२०८३ कार्तिक १४, शनिवार
‘काठमाडौं कथा नै कथामा बाँचेको सहर हो’ : कार्यवाहक प्रमुख डंगोल
२०८३ कार्तिक १४, शनिवार
-दीपा पौडेल
प्युठान- काखमा २८ दिने दुधे बालक छन्। महिना दिन नपुगेकी सुत्केरी कामनाको मुहार मलिन छ। भर्खरका युवा श्रीमान् निन्याउरो र चिन्तित मुद्रामा अस्पतालको बेडको छेउमासंगै देखिन्छन्।
प्युठानको गौमुखी गाउँपालिका वडा नं. २ अर्खा निवासी ज्ञान बहादुर राना आफ्नो २८ दिनको सुत्केरी श्रीमती कामना रानालाई लिएर जिल्ला अस्पताल प्युठान आएका छन्।
सुत्केरी श्रीमतीको स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि अर्खाबाट जसोतसो गरेर एम्बुलेन्समा जिल्ला अस्पताल बिजुवारमा आईपुगेका ज्ञानबहादुरलाई श्रीमतीको उपचार कसरी गर्ने भन्ने चिन्ता छ। नत उनीसंग उपचार गर्ने पैसा नै छ नत एक छाक गाँसको व्यवस्था गर्ने उपाय नै छ।
प्युठानको बाग्दुलामा ज्यामी काम गर्दै आएका ज्ञानबहादुरले कोभिड १९ रोकथामका लागि सुरु भएको लकडाउन काम गर्न पाएका छैनन्। बन्दाबन्दीका कारण काम गर्न नपाएपछि उनीहरुलाई दैनिक छाक टार्न समेत मुस्किल परिरहेको छ। त्यसै माथि सुत्केरी भएको महिना दिन नपुगेकी श्रीमती बिरामी पर्दा झनै पिडा थपिएको छ।
जिल्ला अस्पताल बिजुवारमा कार्यरत नर्सिङ इन्चार्ज राधा केसीले अल्टा«साउण्ड गर्न बिल काट्न लगाएपछि उनीहरुले पैसा नभएर बिल काट्न सकेनन्।
अस्पतालमा यस्तो बिरामी त धेरै आउँछन् तर एक महिनाको सुत्केरीको उपचारको लागि चार पाँच सय रुपैयाँ समेत नभएर तड्पिएको देख्दा असाध्यै मन खिन्न हुन्छ नर्स केसीले भनिन्–“औषधीको पैसा नर्सिङ स्टाफ मिलेर मिलाउने सोचेका छौं।” बिरामी कामनाको स्तनमा समस्या भएको र चिन्ताले मानसिक समस्या समेत देखिएको नर्स केसीले बताइन्।
जिल्ला अस्पतालमा ५ दिन देखि भर्ना भई उपचार गराइरहेकी सुत्केरी कामनाले राम्रो पोषणयुक्त खाना खाने कुरा त परै जाओस घरमा साँझ बिहानको छाक कसरी टार्ने भन्ने चिन्ता छ। काखमा २८ दिनको छोरा च्यापेकी कामनाले आँखाभरि आँसु लिदै उनले भनिन् –“एम्बुलेन्सको पैसा र होटलको पैसा तिर्न पाए जान हुन्थ्यो तर घर जाने पनि भाडा समेत छैन, कसरी जाने।”
ज्यामी काम गर्ने ज्ञानबहादुरले काम गर्ने ठाउँबाट काम गरेको पुरै पैसा पनि नपाएको बताए। उनीहरुलाई कोभिड – १९ को सन्त्रास भन्दा पनि भोकभोकै मरिन्छ कि भन्ने चिन्ता वढी छ। प्रेम विवाह गरेका ज्ञानबहादुरको घरमा परिवारिक सहयोग नभएको बताए। बन्दाबन्दीले काम गर्न नपाउँदा आफुलाई घरखर्च चलाउन निकै समस्या परेको उनको भनाई छ।
सानै उमेरमा विवाह गरी बच्चा जन्माएकी कामनाको उपचारपछि स्वास्थ्यमा सुधार हुँदै गएको उपचारमा संलग्न डा. सुनिल सुनारले जानकारी दिए । सुत्केरी अवस्थामा पनि घर परिवारबाट कुनै पनि सहयोग नपाएपछि माइती घर रोल्पा जान आफुले चाहेको कामनाको भनाई छ। माइती घर जाने व्यवस्था मिलाईदिन कामनाले आग्रह समेत गरिन्।

